प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल

काठमाडौं । ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

प्रतियोगिताअन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदूरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै आइतबारै भएको अर्काे खेलमा आयोजक त्रिभुवन आर्मी क्लबको ‘ए’ टिमले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तथा त्रिभुवन आर्मी क्लबको ‘बी’ टिमले पूर्वाञ्चललाई पराजित ग¥यो ।

प्रतियोगिताको उद्घाटन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्दै गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, भलिबल संघका पदाधिकारीहरू, नेपाली सेनाका रथीवृन्दहरू, रक्षा मन्त्रालयका उपसचिव, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरूको सहभागिता रहेको थियो ।

नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउँदै लैजान एवं नेपाली सेनाको तर्पmबाट खेलकुदको विकासमा समेत थप टेवा पु¥याउने उद्देश्य अनुरूप महाशिवरात्री तथा सेना दिवस–२०७२ को अवसर पारेर सेनाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही १० हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट हुने खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्नेछ ।

यस किसिमको प्रतियोगिताले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ र ‘बी’ टिमलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २ तथा विगतका ५ विकास क्षेत्रका ५ भलिबल टिमगरी ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता १४ फागुनसम्म सञ्चालन हुनेछ ।

सोही अवसरमा सेनापति क्षत्रीले १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई विभिन्न विधामा पदक जित्न सफल नेपाली सेना तथा नेपाली सेनासँग आवद्ध खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए । १२औँ सागमा नेपालले प्राप्त गरेको कुल पदकमध्ये नेपाली सेना र नेपाली सेनासँग आबद्ध खेलाडीहरूले व्यक्तिगततर्फ २ र सामूहिकतर्फ १ गरी कुल ३ स्वर्ण, ११ रजत र १८ कास्य गरी जम्मा ३२ पदक जितेका थिए ।

प्रतिक्रिया