इन्डोनेसियाविरुद्ध महिला टोलीको शानदार जित

rugbby copyचेन्नई । भारतको चेन्नईमा जारी एसियन रग्बी सेभनमा नेपाली महिला टोलीले शानदार जित निकालेको छ ।

पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाली महिला इन्डोनेसियाविरुद्ध ४–० को ट्राइमा स्तब्ध पा¥यो । महिला टोलीको जित नै नेपालको लागि रग्बीमा पहिलो अन्तर्राष्ट्रियस्तरको जित हो । नेपालको सहज जितमा सिर्जना राई, राधिका शाक्य र सविना महर्जनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिर्जनाले सर्वाधिक २ ट्राईको योगदान गरिन् । त्यस्तै राधिका शाक्य र सविना महर्जनले समान १–१ ट्राई गरिन् । नेपाली महिला टोलीको जितमा मिङ्मा लामा, कप्तान रोसना गुरुङ र सुस्मिता थापामगरलगायतले उत्कृष्ट प्रदर्शन गरे । पुरुषतर्फ भने नेपालले जित हात पार्न सकेन । यसअघि ३ हार बेहोरेको पुरुष टोलीले आइतबारको खेलमा फिलिपिन्ससँग ६­–० ट्राइले पराजित भयो ।

आइतबारको दोस्रो तथा अन्तिम खेलमा पुरुष टिम इन्डोनेसियासँग ५–० ट्राइले पराजित भयो । पुरुष टिमले प्रतियोगिताको सबै खेलमा हार बेहो¥यो सीमित श्रोतसाधान र कमजोर तयारीका साथ एसिया रग्बीमा सहभागी जनाउँदा राम्रो नतिजा निकाल्न नसकेको रग्बी प्रशिक्षक गोपाल क्षत्रीले बताए । तथापि, लगानी अनुरूप खेलाडीको प्रदर्शनबाट खुसी रहेको प्रशिक्षक क्षत्रीले बताए । त्यस्तै पुरुष टिमका प्रशिक्षक हरि तामाङले यसपटकको सहभागितामा खासै उल्लेखनीय प्रदर्शन गर्न नसके पनि अर्को सहभागितामा राम्रो तयारी गर्ने बताए ।

पहिलोपटक अन्तर्राष्टिय प्रतियोगिता खेलेको महिला टिमले जितसँगै एसियन रग्बीमा तेस्रो स्थानको लागि भारतसँग खेल्ने मुख्य प्रशिक्षक गोविन्द घिमिरेले बताए । समूह ‘ए’मा युएई, फिलिपन्स, भारत, सिरिया र नेपाल थिए । समूह ‘बी’मा भने थाइल्यान्ड, चाइनिज ताइपेई, लेबनान, बंगलादेश र इन्डोनेसियाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया