भत्काउन थालियो नियमविपरीत बनाइएका संरचना

vs schoolकाठमाडौं, ८ फागुन । सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविपरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई फेरि निरन्तरता दिएको छ । बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरीत बनाइएका केही भौतिक संरचना भत्काएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाको अगुवाइमा त्यस क्षेत्रमा आजै मात्र २२ वटा भौतिक संरचना भत्काएको हो ।

बागमती नदीको पश्चिम किनारा क्षेत्रमा रहेका २ वटा कलेजसहित विहार र रेस्टुरेन्ट पनि भत्काइएको छ । भिएस् निकेतन, पेन्टागन कलेज, विश्व शान्ति विहारलगायत निजी भवन र पर्खाललाई डोजरले गल्र्याम्म पारेको थियो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा भत्काउने कार्यलाई तीव्र पारेको देखेपछि भत्काउन बाँकी घरका घरधनीले हाम्रो घर आपैmँ भत्काउँछौँ, केही समय दिनूस् भनी कबुल गरेपछि बाँकी भौतिक संरचना हटाउने काम रोकिएको थियो ।

मापदण्ड विपरीत बनाइएका ती संरचना भत्काउन डोजर अघि बढिरहँदा केही स्थानीय व्यक्तिले प्रतिवाद गर्न खोजे पनि त्यो विरोधलाई कसैले समर्थन गरेको देखिँदैनथ्यो ।

सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविपरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई केही सयमदेखि निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया