प्रजातन्त्र दिवसको अवसमा विभिन्न कार्यक्रम

falfulपाँचथर, ७ फागून । ६६औँ प्रजातन्त्रदिवशको अवसरमा युवासंघ नेपाल पाँचथरले जिल्लाअस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचाररत ३२ जना बिरामीलाई ताजा फलफूल बितरण गरिएको हो । बिरामीहरुलाई फलफूल वितरणको सुरुवात प्रमुख जिल्लाअधिकारी पुरुषेत्तम घिमिरेले गरे ।

एमाओवादी सांसद श्रीप्रसाद जवेगूलगायत जिल्लाका स्थानीय राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसस्थाका प्रमुख एवं प्रतिनिधि र स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

raktadanत्यस्तै युवासंघ नेपाल जिल्लाकमीटी पाँचथरले रेडक्रस सोसाइटी पाँचथर कार्यालयमा ११ वजे रक्तदानको आयोजना गरेको छ । प्रजातन्त्रदिवशको अवसरमा ५० बढी युवाहरुले रगतका लागि बिपी जचाए पनि रक्तदानयोग्य सातजना युवाले मात्रै रक्तदान गरे ।

यूवासंघ नेपाल जिल्ला उपाध्यक्ष वीरमान तूम्बापोको अध्यक्षता भएको रक्तदान कार्यक्रम युवासंघ केन्द्रीय सदस्य नरबहादुर गुरुङ प्रमूख आतिथि थिए । युवासंघ जिल्ला सचिव लिलाराज तूम्वापोले सञ्चालन गरेको थिए । प्रमुख अतिथि गुरुङले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरे ।

एमालेका फिदिम नगर अध्यक्ष पृथ्वी लावती, युवा संघका केन्द्रीय सदस्य नरबहादुर गुरुङ, अञ्चल सहसचिव विनोद आङदम्वे, अन्य सदस्यहरु प्रकास आङदम्वे, लाजेसा नेम्वाङ, शिव थाम्सूहाङ,राजेन्द्र आङदम्वेले रक्तदान गरेका थिए ।

प्रजातन्त्र दिवश जिल्ला मूलआयोजक समारोह समितिले फिदिम बजारमा बिहान प्रभात फेरीको आयोजना गरी दिवश मनाएको थियो ।

प्रतिक्रिया