राजनीतिक स्क्यान्डलले चर्चा पाएको वर्ष

swagat team football (2) copyवर्ष २०७२ मा नेपाली खेलकुदमा थुप्रै आरोह–अवरोहको सामना ग¥यो । भारतमा भएको १०औँ सागमा खस्कँदो प्रदर्शन, क्रिकेट र फुटबलको आरोह–अवरोह तथा १२ वैशाखको भूकम्पले नेपाली खेलकुदमा पु¥याएको धक्का वर्षमा प्रमुख घटना बने । वर्षको प्रमुख घटनाको रूपमा भारतमा भएको १२औँ साग खेल बन्यो । ५ देखि १६ फेब्रुअरीमा भारतको सिलोङ र गुहावटीमा भएको साग खेलकुदमा नेपालले कुल ६० पदक जित्यो । माल्दिभ्स र भुटानले कुनै स्वर्ण पदक जित्न सकेनन् ।

नेपालले सहभागिता जनाएको २२ खेलमध्ये सुटिङ, टेनिस, कबड्डी र ह्यान्डबलमा कुनै पदक जितेन । उसुमा १ स्वर्ण, १० रजत र १ कांस्य पदक जित्यो । जुडोमा १ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्यो । यसैगरी, फुटबलमा १ स्वर्ण र १ रजत पदक हात लाग्यो । तेक्वान्दोमा ७ रजत र ३ कांस्य पदक नेपालले जित्यो । यसैगरी, पौडी र भारोत्तोलनमा समान १ रजत र ३ पदक जित्यो । ट्रायथलनमा नेपालले १ रजत र १ कांस्य पदक जित्यो । टेबलटेनिस र ब्याडमिन्टनमा समान २ कांस्य पदक पाएको नेपालले खोखोमा पनि २ कांस्य पदक जित्यो । एथलेटिक्समा १ कांस्य पदक जितेको नेपाललाई महिला हक्की र महिला सफ्टटेनिस टिम स्पर्धामा कांस्य पदकको चिठ्ठा प¥यो ।

१०औँ सागको तुलनामा नेपालले फुटबल, भारोत्तोलन र पौडीमा फड्को मा¥यो । गत सागमा १ रजत पदक जितेको फुटबलले यो सागमा फुटबलमा १ स्वर्ण पदक पनि जित्यो । यसैगरी, भारोत्तोलनमा गत सागमा कुनै पदक नजितेको नेपालले यो सागमा १ रजतसहित ४ पदक जित्यो । ट्रायथलन र खोखो पहिलोपटक समावेश हुँदा नेपाललाई यसले आंशिक सफलता दिलायो । ११औँ सागको तुलनामा जुडोले पनि व्यापक फड्को मा¥यो । यस बीचमा तेक्वान्दोमा भने ठूलो धक्का सहनुप¥यो । तेक्वान्दोले कुनै स्वर्ण पदक नजित्नु नेपालका लागि ठूलो धक्का सावित भयो । यस बीचमा भारत, पाकिस्तान र अफगानिस्तानले मारेको फड्कोले नेपाललाई ठूलो धक्का दियो । नेपाली टोलीको ठूलो भीडले व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न गरायो ।

यसवर्ष नेपाली फुटबलको आरोह–अवरोह सबैभन्दा चर्चित बन्यो । फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापामाथि लगातार तीनपटकको आंशिक प्रतिवेदनपछि फिफाले १० वर्षे प्रतिबन्ध लगायो । यसैवर्ष नेपाली फुटबलका कप्तान सागर थापासहित प्रशिक्षक अञ्जन केसी र राष्ट्रिय टोलीका खेलाडीहरू सन्दीप राई, रितेस थापा र विकास सिंह क्षेत्री खेल मिलोमताको आरोपमा पक्राउ परे । त्यत्तिमा मात्र फुटबलको दुर्दशा सकिएन । साग च्याम्पियनसीप फुटबलमा नेपाल पहिलो चरणबाटै बाहिरियो । तथापि, फुटबलको भाग्य एकाएक फेरियो । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै फेरी लयमा फर्किएको नेपालले १२औँ साग खेलकुदको फुटबलतर्फको स्वर्ण पदकसमेत जित्न सफल रह्यो ।

त्यसो त नेपाली क्रिकेटको पनि आरोह–अवरोह त्यस्तै रह्यो । आइसिसी सिरिजमा ६ राष्ट्र सम्मिलित प्रतियोगितामा छैटौँ स्थानमा रहेको नेपालले बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटमा क्वाटरफाइनलको यात्रा तय ग¥यो ।

नेपाल क्रिकेट संघको विवाद चरम उत्कर्षमा पुग्यो । राष्ट्रिय खेलकुद परिषद्मा शकुन्तला नगरकोटी सदस्यसचिव भए लगत्तै राजनीतिक रूपमा माओवादी र एमाले दुई कित्तामा विभक्त भएका थिए । युवराज लामा सदस्यसचिव भएको समयमा राखेपले मनोनयन गरेका २ सदस्य बर्खास्त गरिएपछि यो विवाद अदालतसम्म पुग्यो । पछिल्लोसमय माओवादी र एमालेबीच नयाँ गठबन्धन भएपछि क्रिकेटभित्रको राजनीतिले नयाँ रूप लियो । टंक आङबुहाङ र चतुरबहादुर चन्द दुई पक्षमा क्रिकेट संघ विभाजन भएपछि चन्द पक्षले निर्वाचन सम्पन्न ग¥यो । चन्दको नेतृत्वमा निर्वाचनले नयाँ कार्य समिति चयन गरे पनि तत्कालीन अध्यक्ष आङबुहाङसहितको समूह यो निर्वाचनको विपक्षमा रह्यो । यसै समूह र परिषद् मिलेर रमेस सिलवालको नेतृत्वमा नयाँ तदर्थ कमिटी गठन गरियो ।

राष्ट्रिय खेलकुद परिषद्को राजनीति यसवर्षको अर्को प्रमुख घटना बन्यो । २८ जेठमा युवराज लामाको पदावधि सकिए पनि तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र एमाले अध्यक्ष खड्ग ओलीको बीचमा कुरा नमिलेपछि एमालले लामो समय परिषद्को सदस्यसचिव चयन गर्न सकेन । यसबीचमा पौडेलले पहिलेदेखि नै सदस्य रहेकी शकुन्तला नगरकोटीलाई सदस्यसचिव चयन गरिन् । तैपनि १२ दिन पनि पूरा नहँुदै केशव विष्ट सदस्यसचिव बनाइए । क्याबिनेटबाट सदस्य भएको नभई संघबाट सदस्य भएको व्यक्ति सदस्यसचिव भएको यो नै नेपालको पहिलो घटना बन्यो । यसले एमाले पार्टीलाई नै २ कित्तामा विभाजित गरायो । लगातार विवादमा पर्दै आएका मन्त्री पुरुषोत्तम पौडेल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनु ३ दिनअघि नै राजीनामा दिन बाध्य भए ।

नेपाल ओलम्पिक कमिटीमा ध्रुवबहादुर प्रधानको युग समाप्त हुँदै जीवनराम श्रेष्ठ अध्यक्ष भए । अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाले आपूmहरूलाई आवश्यक २१ दिनअघि सूचना नदिइएको भनी विरोध जनाइएपछि सुरुमा नीर्धारित समयमा निर्वाचन हुन सकेको थिएन । अर्को मितिमा भएको निर्वाचनमा जीवनराम श्रेष्ठले उमेशलाल श्रेष्ठलाई १७–९ ले पराजित गर्दै अध्यक्षको जिम्मेवारी पाउन सफल भए । १२ वैशाखमा गएको भूकम्पका कारण नेपाली खेलकुदलाई पनि प्रभावित पा¥यो । भलिबलका मुख्यप्रशिक्षक केशवलाल श्रेष्ठ, सञ्चारकर्मी सुमन भोम्जन, पारा खेलाडी जीतबहादुर खड्कालगायत १ दर्जनभन्दा बढी परिचित खेलाडीलाई नेपालले यसै भूकम्पका काराण गुमाए । थुप्रै घरबारविहीन भए । थुप्रैले आफन्त र परिवार गुमाए ।

वर्षका नायक

नवयुग श्रेष्ठ : नेपाल आर्मी कलबका लागि फुटबल खेल्ने यी स्टारले नेपाली फुटबलको दिशा नै बदलिदिए । नेपाली फुटबल सर्वत्र क्षतविक्षत भएको समयमा राष्ट्रिय टोलीमा पहिलो रोजाइको खेलाडी बन्ने अवसर पाएका यीनले नेपाललाई नयाँ दिशा नै दिए । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा यिनको प्रहार क्रसबारमा लागेर फर्केपछि विमल घर्तीमगरले गोल गरे । त्यस खेलमा नेपाल पराजित त भयो तर नवयुगको सफलता चुलियो । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको माल्दिभ्ससँगको सेमिफाइनलमा नवयुगले ह्याट्रिक गरे ।

१२औँ साफमा भुटानसँगको पहिलो चरणको खेलमा ह्याट्रिक गरेका नवयुगले माल्दिभ्ससँगको खेलमा पनि ह्याट्रिक गरे । नेपाल ४–३ ले विजयी भएको खेलमा नवयुगले अन्तिम ३ मिनेटमा २ गोल गर्दै माल्दिभ्सको हातबाट खेल खोसेका थिए । भारतसँगको फाइनलमा पनि उनले विजयी गोल गरे ।

फुपू ल्हामु खत्री: रियो ओलम्पिकका लागि ओलम्पिक कोर्षमा सहभागी खत्री हंगेरीको बुढापेस्ट ६ महिने प्रशिक्षणमा रहेकी थिइन् । त्यहीबाट भारतको सिलोङ आएर उनले नेपालका लागि सागमा स्वर्ण पदक दिलाइन् । यसअघि उनले बुढापेस्टमै भएको प्रतियोगितामा कांस्य पदकसमेत जितिसकेकी छन् । ८ वर्षअघि जुडो खेल्न सुरु गरेकी उनले ६ वर्षअघि नै एसियन जुनियरमा समेत कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा सहभागी हुने उनको लक्ष्य पूरा हुने र त्यहाँ पनि राम्रो प्रदर्शन गर्ने विश्वास जुडो समुदायले लिएको छ । उनी हाल २१ वर्षकी मात्र भइन् ।

निमा घर्तीमगर : रोल्पाकी निमा घर्तीमगरले १२औँ सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । उसुको थाउलोमा उनले स्वर्ण पदक दिलाएकी हुन्् । भर्खर १६ वर्षको उमेरमा रहेकी उनले नेपाल आर्मी क्लबमा राजीव मर्हजनसँग प्रशिक्षण गरिरहेकी छिन् । उनले अबको पहिलो लक्ष्य एएसएलसी परीक्षा भएको बताएकी छिन् । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् ।

रोजा केसी : १२औँ दक्षिण एसियाली खेलकुदमा ट्रायथलन पहिलो पटक समावेश हुँदा राजाले नेपाललाई आंशिक सफलता दिलाइन् । पहिलो दिन व्यक्तिगत स्पर्धामा कांस्य पदक जितेकी रोजाले दोस्रो दिन मिक्स टिम इभेन्टमा नेपाललाई रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

विकास थापा : भारोत्तोलनले १२औँ सागमा १ रजतसहित ३ कांस्य पदक जित्यो । नेपाललाई रजत पदक दिलाउन विकास सफल भएका हुन् । पर्साका विकास नेपाल पुलिस क्लबमा आबद्ध छन् । भारतीय, श्रीलंकाली पाकिस्तानी खेलाडी स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको समयमा उनी आफ्नो उत्कृष्ट प्रदर्शन गरेर चुपचाप बसेका थिए । क्लिउन एन्ड जर्कमा पाकिस्तानी र भारतीय खेलाडी आफ्नो पहिलो प्रयासमा असफल भएपछि विकासले रजत पदक जितेका हुन् ।

निमा गुरुङ: सागमा नेपाली तेक्वान्दोले सबैलाई निराश पारिरहेको समयमा निमाले भने केही राम्रो प्रदर्शन गरिन् । तथापि उनले स्वर्ण पदक जित्न सकिनन् । उनको स्पर्धामा गत एसियाडमा कांस्य पदक पाएका २ खेलाडी थिए । उनले अफगानी खेलाडीलाई हराए पनि भारतीय खेलाडीसँगको प्रतिस्पर्धात्मक फाइनलमा पराजयको सामना गरिन् ।

प्रतिक्रिया