ज्ञान निकेतन बास्केटबल बिहीबारबाट

gyan niketan copyकाठमाडौं । ज्ञान निकेतन स्कुलको आयोजनामा १४ औँ सस्करणको ‘ज्ञान निकेतन बास्केटबल च्याम्पियनसिप’ बिहिबारबाट सुरु हुँदैछ ।

फागुन १३ गतेसम्म चल्ने च्याम्पियनसिपबारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

प्रतियोगितामा प्लस टु लेभल र स्कुल लेभल गरि २८ ब्वाइज टिमको सहभागिता रहने प्रतियोगिता संयोजक संजयजीत कुवरले जानकारी दिए । यस सस्करणमा महिलाको इभेन्ट्स समावेश गरिएको छैन ।

स्कुल लेभलका १५ टिमको सहभागिता रहेको छ भने प्लस टुबाट १३ टिम रहेका छन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू आयोजक स्कुलकै कोर्टमा हुने संयोजक कुवरले जानकारी दिए ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको सहभागी टिमलाई चार समुहमा बिभाजन गरिएको छ । प्रतियोगिताको लागत अनुमानित ३ लाख रहेको छ । च्याम्पियन हुने टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको खेलहरू नेपाल बास्केटबल एसोसियसनले उपलब्ध गराउने रेफ्रीहरूले संचालन गर्ने संयोजक कुवरले जानकारी दिए । प्लस टुमा लिभरपुल कलेज र स्कुलमा एचएचसिए स्कुल डिफेन्डिङ च्याम्पियन हुन् ।

स्कुल लेभलबाट खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा स्कुल र कलेजबीच एक आपसमा भाइचारा बढाउने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिएको संयोजक संजयजित कुवरले जानकारी दिए ।

प्रतिक्रिया