संसद् अधिवेशन सकियो

काठमाडौ ५ फागुन । व्यवस्थापिका संसदको पहिलो अधिवेशन बुधबार राति १० बजेबाट अन्त्य भएकोे छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्न संसद सचिवालयमा पत्र पठाएपछि विधिबत रूपमा पहिलो अधिवेशन बुधबार राती १० बजेबाट अन्त्य भएको हो ।

संविधानको धारा २९९ को उपधारा ६ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा व्यवस्थापिका संसद सचिवालयलाई अधिवेशन अन्त्यका लागि पत्र पठाएकी हुन् । संसद बैठक अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयले पठाएको पत्र सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाउदै औपचारिक रूपमा अधिवेशन अन्त्य को घोषणा गरेकी हुन् ।

अधिवेशन अन्त्यको पत्र पढेर सुनाउनु अघि सभामुख घर्तीले अधिवेशमा भएका गतिविधिको सदनलाई संक्षिप्त जानकारी गराएकी थिइन् । २०७२ असोज १५ गते शुक्रबार सुरु भएको संसदको पहिलो अधिवेश फागुन ५ गते सम्म आईपुग्दा जम्मा १ सय ३९ दिन चालु रह्योे । संसद बैठक चलेका ४१ दिनमा ४४ पटक बसेको बैठक जम्मा ३७ घण्टा १५ मिनेट खास काममा चलेकोे व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।

यस अधिवेशनमा ७ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएकोमा २ वटा विधेयकलाई संसदले सम्बन्धित समितिमा पठाएको छ भने २ वटा विधेयक सदनबाट पारित भएको छ । यस अधिवेशनले राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुख र उपसभामुख चयन ग¥यो । त्यसैगरी एशियाली पूर्वाधार लगानी बैकको विधान सम्झौता र व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी सम्झौतामा संशोधन प्रोटोकल पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया