लोयल्टी र इपिएसको जित

loyalty cup football copyकाठमाडौं । लोयल्टी र इपिएस स्कुलले सातौँ उपत्यकाव्यापी अन्तर स्कुल स्तरीय जुनियर सेभेन एसाइड फुटबल प्रतियोगिता ‘लोयल्टी कप’ फुटबलमा सोमबार जित निकालेका छन् ।

सोमबार मन्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा इपिएस स्कुलले रिब्स स्कुललाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । इपिएसको जितमा उत्सव धमालाले २ गोल गरेभने धिरन थापा र  विस्वास धमलाको नाममा १–१ गोल रह्यो ।

त्यस्तै काठमाण्डु भ्याली स्कुलले  जेभियर इन्टरनेसनल स्कुललाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पाखा लगायो । निधारित समय ३–३ गोलमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । प्रतियोगिताअन्तर्गत अन्तिम खेलमा आयोजक लोयल्टीले त्रियोग स्कुललाई  ३–० ले पाखा लगायो  ।

प्रतिक्रिया