ओडिसी र पुष्पसदनको जित

काठमाडौं, फागुन २ । ओडिसी र पुष्पसदन स्कुलले पाँचौँ इनोभेटिभ अन्तरस्कुल बास्केटबलअन्तर्गत सिनियर ब्वाइजमा आइतबार जित निकालेका छन् । विशाल गुरुङले महत्वपूर्ण ८ स्कोर गरेपछि ओडिसीले रेडियन्ट स्कुललाई ३५–३४ को झिनो अन्तरले पराजित गरेको हो ।

सिनियर ब्वाइजमै पुष्पसदनले ज्ञान निकेतनलाई ५३–३१ ले पाखा लगायो । पुष्पसदनको जितमा अविशेख सिंहले २० अंक जोडे । आयोजक इनोभेटिभकै कोर्टमा भएको ब्वाइजमै भ्याली पब्लिकले इनोभेटिभको बी टिमलाई ३४–१८ ले पाखा लगायो । भ्यालीको जितमा सबिन गुरुङले ११ अंक जोडे ।

लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको तेस्रो दिन सिनियर गल्र्समा आयोजक इनोभेटिभ स्कुलले सपना वाटिका स्कुललाई २३–१५ ले पराजित ग¥यो । इनोभेटिभको जितमा ममता गुरुङले १० अंक जोडिन् । इनोभेटिभ इंग्लिस स्कुलको आयोजनामा ६ फागुनसम्म चल्ने प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गर्ल्सतर्फ गरी २० टोलीको सहभागिता रहेको छ । सिनियर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्प्रधा गर्नेछन । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

एपिएफ स्कुल र काब्य विजयी

एपिएफ स्कुल र काब्य स्कुलले सातौँ उपत्यकाव्यापी अन्तर स्कुल स्तरीय जुनियर सेभेन एसाइड फुटबल प्रतियोगिता ‘लोयल्टी कप’ फुटबलमा आइतबार विजयी सुरुआत गरेका छन् ।

आइतबार मन्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा एपिएफ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । त्यस्तै काब्य स्कुलले जेम्स स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो ।

लोयल्टी स्कुलको आयोजनमा ८ फागुनसम्म चल्ने प्रतियोगिताअन्तर्गत नै अर्को खेलमा टिआइए स्कुलले हिमचुली स्कुललाई ट्राइबेकरमा ३–१ को जित निकाल्यो । निधारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । प्रतियोगितामा कक्षा सातसम्म अध्ययनरत एन्फाका डाक्टरहरूबाट स्वास्थ्य परीक्षणमा प्रमाणित भएका स्कुलका टिमहरूले खेल्न पाउनेछन् । नकआउटका आधारमा हुने प्रतियोगितामा आयोजकसहित १८ टोलीको सहभागिता छ  ।

प्रतियोगिताअन्तर्गत सोमबार रिब्स स्कुलले इपिएस स्कुलसँग प्रतिस्प्रर्धा गर्दा जेभियरले काठमान्डू भ्यालीसँग खेल्नेछ । त्यस्तै अन्तिम खेलमा त्रियोगले आयोजक लोयल्टीको ए टिमसँग खेल्नेछ ।

प्रतिक्रिया