नेक्ससको विजय सुरुआत

loyalty cup football copyकाठमाडौं, १ फागुन । नेक्सस स्कुलले सातौँ उपत्यकाव्यापी अन्तर स्कुल स्तरीय जुनियर सेभेन एसाइड फुटबल प्रतियोगिता ‘लोयल्टी कप’ फुटबलमा विजय सुरुआत गरेको छ । शनिबार मन्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले आयोजक लोयल्टी स्कुलको बी टिमलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा ५ गोल गर्दै नेक्ससले जित निकाल्यो । नेक्ससको जितमा दिप्लब राई र  बिनिस खड्काले समान २–२ गोल गरे भने रोसन शेर्पाले १ गोल थपे । खेलको म्यान अफ दि म्याच लोयल्टी बी का मिङ्मा रिता शेर्पा घोषित भए ।

प्रतियोगिताअन्तर्गत आइतबार एपिएफ स्कुल र सिद्धार्थ वनस्थली, जेम्स स्कुल र काब्य तथा टिआइए र हिमचुलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन एन्फाका उपाध्यक्ष तथा विद्यालय फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए । ८ फागुनसम्म चल्ने प्रतियोगितामा कक्षा सातसम्म अध्ययनरत एन्फाका डाक्टरहरूबाट स्वास्थ्य परीक्षणमा प्रमाणित भएकाहरूले मात्रै समावेश हुने पाउनेछन् । नकआउटका आधारमा हुने प्रतियोगितामा आयोजकसहित १८ टोलीको सहभागिता छ  ।

प्रतिक्रिया