पाँचौ इनोभेटिभ बास्केटबलमा इनोभेटिभ र एचएचसिए

basketball copyकाठमाडौं, फागुन १ । सिनियर गल्र्समा आयोजक इनोभेटिभ स्कुल र ब्वाइजमा एचएचसिए स्कुलले पाँचाँै इनोभेटिभ अन्तरस्कुल बास्केटबलमा शनिबार जित निकालेका छन् । ममता गुरुङले २२ अंक जोडेपछि इनोभेटिभ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई ३१–१५ ले पाखा लगायो । गल्र्समै एचएचसिएले डेनेब स्कुललाई २०–१६ ले पाखा लगायो । एचएचसिएको जितमा सुशीला तामाङले ९ अंक जोडिन् ।

ब्वाइजमा एचएचसिए स्कुलले डेनेब स्कुललाई ५२–४० ले पराजित ग¥यो । एचएचसिएको जितमा विशाल मानन्धरले १५ स्कोर गरे । लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको दोस्रो दिन पुरुषअन्तर्गत अर्को खेलमा पुष्पसदन स्कुलले एआइए स्कुललाई ४४–२६ ले पराजित ग¥यो । एआइएको जितमा चिरञ्जीवी रोकायाले १८ अंक स्कोर गरे । आयोजक इनोभेटिभकै कोर्टमा भएको पुरुषमै ओडिसीले इनोभेटिभ स्कुललाई ३९–२९ ले पाखा लगायो ।

इनोभेटिभ इंग्लिस स्कुलको आयोजनामा ६ फागुनसम्म चल्ने प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरी २० टोलीको सहभागिता रहेको छ । सियिनर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्प्रर्धा गर्नेछन् । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतिक्रिया