भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि

vally public n golden peak lae upadi copyकाडमाडौं, १ फागुन । भ्याली पब्लिक र गोल्डेनपिक स्कुलले चौथो नवजीवन कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार सामाखुसीमा आयोजक विद्यालयको कोर्टमा भएको सिनियर गल्र्सको फाइनल खेलमा भ्याली पब्लिकले निम्समाथि ३३—२९ को रोमाञ्चक जित हासिल गरेको छ । भ्यालीको जितमा लक्ष्मी चौधरी र रोशनी श्रेष्ठले समान १० स्कोरको योगदान दिए । रोशनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् भने लक्ष्मी प्रतियोगिताकै हाइस्कोरर भइन । इनोभेटिभकी ममता गुरुङ उत्कृष्ट थ्री पोइन्टर चुनिइन् । त्यस्तै जुनियर ब्वाइजको फाइनलमा खेलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २५—१२ अंकले हरायो । गोल्डेनपिकको जितमा पेम्बा शेर्पाले ८ स्कोर गरेका छन् । उनी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । जुनियर ब्वाइजमै सेबका बाबुराम पुन मगर थ्री पोइन्टर र महामञ्जुश्रीका महेश खड्का हाइस्कोरर चुनिए । विजेतालाई स्कुलका बोर्ड डाइरेक्टर पिताम्वर बडु, निर्देशक बासुदेव पोखरेल, प्रिन्सिपल विष्णु ढकाललगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया