इनोभेटिभ बास्केटबल शुक्रबार

inovetive basketball copyकाठमाडौं । पाँचाँै इनोभेटिभ अन्तरस्कुल बास्केटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदै छ । इनोभेटिभ इंग्लिस स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन ६ गतेसम्म चल्ने बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरी २० टोलीको सहभागिता रहेको इनोभेटिभका प्रबन्धनिर्देशक अनन्त कुँवरले जानकारी दिए ।

सिनियर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।

पाँचौँ संस्करणमा सिनियर ब्वाइजमा आयोजक इनोभेटिभको ‘ए’ र ‘बी’ टिम, ओडिसी इन्टरनेसनल स्कुल, ज्ञान निकेतन, रेडन स्कुल, एआइए स्कुल, पुष्पसदन स्कुल, डेनेब स्कुल, न्यु समिट, भ्याली पब्लिक, ग्रिनल्यान्ड र एचएचसिएच स्कुल रहेका छन् ।

गल्र्समा इनोभेटिभ, डेनेब स्कुल, भ्याली पब्लिक, एचएचसीएच स्कुल, एसभिए स्कुल,रातो बंगला, न्यु भिजन एकेडमी र सिद्धार्थ वनस्थली स्कुलले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया