मधेसी मोर्चा विस्तार

काठमाडौं, २८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विस्तार भएको छ । मोर्चामा संघीय समावेशी मधेसी गठवन्धनमा रहेका ३ दल थप गरिएको छ । यो सँगै मोर्चामा अब ७ दलको सहभागिता रहने भएको छ ।

शरदसिंह भण्डारी नेतृत्वको रामसपा, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको संघीय सद्भावना मोर्चामा आवद्ध भएका हुन् ।

संघीय समावेशी मधेसी गठवन्धनमा रहेको जेपी गुप्ता नेतृत्वको तराई–मधेस राष्ट्रिय अभियान भने मोर्चामा सहभागी रहेका छैनन् । तमरा अभियान संसद्मा नभएको र पार्टीको आकार पनि नलिएको भन्दै मधेसी मोर्चामा नराखिएको हो । तर, मोर्चा निकट स्रोतका अनुसार संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नरुचाएकाले जेपी गुप्तालाई मोर्चामा नराखिएको हो ।

मधेसी मोर्चाले १६ बुँदे सहमति गरेपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई निष्कासन गरिएको छ । मधेसी मोर्चा सम्वद्ध नेताहरूका अनुसार भोलि मोर्चाका शीर्ष नेताहरू काठमाडौं आएपछि विस्तारको औपचारिक घोषणा हुनेछ ।

प्रतिक्रिया