भूकम्पपीडितलाई सहयोग

rotary japan ko sahayog copyकाठमाडौं । खासिवा निसी रोटरी क्लब जापानले ३ विद्यालयका ८ सय विद्यार्थीलाई लक्षित गर्दै बुधबार सहयोग गरेको छ । रोटरी क्लबका अध्यक्ष नाउकी मोरिइचीले सानेपास्थित टीका स्कुलका प्रिन्सिपल राजेन राईगाईलाई सहयोग सामग्री हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष मोरिइचीले ८ लाख बराबरको अध्ययन, लत्ताकपडा तथा खेलकुद सामग्री प्रदान गरेका थिए ।

मोरिइचीले उपस्थित विद्यार्थीका लागि भने आपैmँले उक्त सामग्री वितरण गरे । उनीसँगै ८ सदस्यीय जापानिज टोली सहयोगका लागि नेपाल आएको थियो । टोलीले बुधबारै थानकोटस्थित न्यान्जुर मेमोरियल स्कुलका विद्यार्थीलाई सामान वितरण गरे । उक्त स्कुलमा गोरखा जिल्लामा भूकम्पमा परी विचलित भएका विद्यार्थीलाई अध्ययन गराइएको छ । त्यस्तै उक्त स्कुलको सुन्दरीजलस्थित शाखामा रसुवाको लाङटाङमा भूकम्पबाट विचलित भएका विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ । (सौस)

प्रतिक्रिया