नवजीवन कप बास्केटबल जारी

nawa jiwan golden peak final copyकाठमाडौं । गोल्डेनपिक स्कुल चौथो नवजीवन कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बुधबार उपाधि नजिक पुगेको छ ।

सामाखुसीस्थित आयोजक नवजीवन स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको सेमिफाइनल खेलमा गोल्डेनपिकले सामाखुसी बोडिङ (सेब) स्कुलमाथि २९–१४ को जित निकाल्यो । गोल्डेनपिकको जितमा हिक्मत राउतले सर्वाधिक ११ स्कोरको योगदान दिए । जुनियर ब्वाइजकै दोस्रो सेमिफाइनल खेलमा महामञ्जुश्रीले भ्याली पब्लिक स्कुललाई ३५–२४ ले रोक्दा महेश खड्काले सर्वाधिक १२ स्कोर गरे । गल्र्समा निम्सले भ्याली पब्लिकसँग फाइनलमा भेट पक्का ग¥यो । मनिषा तामाङको सर्वाधिक ११ स्कोरको मद्दतमा सेमिफाइनल खेलमा निम्सले पृथ्वीलाई ४२–२२ ले हरायो । (सौस)

प्रतिक्रिया