गौरीकाले जितिन् ऐतिहासिक तीन काँस्य पदक

gaurika won third bronze copyकाठमाडौं, २५ माघ । १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले मंगलबार एक रजत र एक कास्य गरी थप २ पदक जितेको छ । नेपालका लागि मंगलबार उसुमा विश्व बुढामगरले रजत पदक जितेका हुन् । बुढामगरको पदकसँगै उसुमा नेपालले एक स्वर्ण र ४ रजत गरी कुल ५ पदक हात पा¥यो । उसुको थाउलोतर्फका सबै खेलाडीले पदक जितेका छन् । सिलोङमा भएको उसुको कुन्सुतर्फ बुढामगरले रजत पदक जितेका हुन् । उनले ९.०१ अंक प्राप्त गरे । सोही स्पर्धामा भारतका चिराग शर्माले स्वर्ण जिते । शर्माले ९.३१ अंक प्राप्त गरेका थिए ।

भारोत्तोलनमा तारादेवीलाई काँस्य

१२औं सागअन्तर्गत् मगंलबार नेपालका लागि भारोत्तोलनकी तारादेवी पुनले कास्य पदक दिलाइन् । तारादेवी पुनले भारोत्तोलनको ७५ केजी तौल समूमा कास्य जितेकी हुन् । गुवाहाटीमा भएको खेलमा नेपालकी स्ट्रङगेस्ट वुमेनको उपमा पाएकी पुनले ७५ केजी माथिको तौल समुहमा कास्य पदक जितीन् । भारतकी सुनीला पावरले स्वर्ण र श्रीलंकाकी इशानी अनुस्का कालुथालन्थीले रजत पदक हात पारे । पुन र बङ्गलादेकी निशा खातुनले समान १६५ केजी तौल उठाएका थिए । तर कम शारिरीक तौल समुहको आधारमा तारा कास्य पदकको हकदार बनिन् । ताराले स्न्याचतर्फ ७० र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरीन् । तारदेवीको पदकसँगै भारत्तोलनबाट जारी सागमा नेपालले चौथो पदक जितेको छ । यसअघि भारत्तोलनमा नेपालका विकास थापाले रजत पदक जितेका थिए । देवी चौधरी र जुनुमाया छन्त्यालले कास्य जितेका थिए ।

महिला भलिबललाई काँस्य

१२औं सागमा नेपाली महिला भलिबल टोली कास्य पदक हात पारेका छन् । नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउदै कास्य पदक हात पा¥यो । नेपालले माल्दीभ्स विरुद्धको पहिलो सेटमा २५–२० को प्रतिस्पर्धात्मक रुपमा आफ्नो पक्षमा पा¥यो । त्यस्तै नेपालले दोस्रोमा २५–१४ र तेस्रोमा २५–१३ को सहज जित हात पार्दै कास्य पदक शुरक्षित ग¥यो ।

आर्चरीमा का“स्य

१२ औँ सागमा नेपाली आर्चरीले कास्य पदक जितेको छ । आर्चरीमा प्रेम प्रसाद पुनले श्रीलकांलाई हराउदै कास्य पदक जितेका हुन् । सागमा आर्चरीको दोस्रो कास्य पदक हो । यस अघि बगंलादेशको ढाकामा भएको टिम इभेन्टमा नेपालले कास्य पदक जितेको थियो । मंगलबार भएको खेलमा ब्यक्तिगत रिकर्भको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाका नेपोन सेरोबीरत्नेलाई ६–० ले हराउदै पुनले कास्य पदक हात पारे ।

टेटेमा काँस्य

१२औँ सागको टेबल टेनिसतर्फ नेपालले एक कास्य पदक जितेको छ । सिलोङमै भएको टेबल टेनिसको महिला डबल्समा नविता श्रेष्ठ र एलिना महर्जनको जोडीले कास्य पदक जितेको हो । एलिना र नविता नन्दभाउजु हुन् । नन्द भाउजुको जोडी सेमिफाइनलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यसअघि पाकिस्तानी खेलाडीलाई ३–१ ले हराउँदै उनिहरु सेमिफाइनलमा पुगेका थिए । भारतसँगको सेमिफाइनलमा पाकिस्तानसँगको प्रदर्शन दोहो¥याउन नसकेपछि नेपाली टिम पराजित भयो । यसअघि पुरुष टिम इभेन्टमा पनि एक कास्य पदक जितेको सकेको छ । कास्यसँगै नेपाली टेबल टेनिसले १२ औं सागको आफ्ना खेलहरु पनि सकेको छ ।

गौरीकाको तेस्रो का“स्य

१३ वर्षीया पौडी खेलाडी गौरिका सिंहले जारी १२औं सागमा तेस्रो पदक जितेकी छिन् । सोफिया शाहको राष्ट्रिय कीर्तिमान भंग गर्दै गौरिकाले मंगलबार चार सय मिटर फ्रिस्टाइलमा ५.९७.९१ सेकेन्डमा पूरा गरिन् । गौरिकाले यसअघि १ सय र दुई सय मिटर ब्याकस्ट्रोकमा पनि कास्य जितेकी छन् ।

लनटेनिसमा पदकबिहीन

नेपाली लनटेनिस १२आँै सागमा पदक बिहिन बनेको छ । लामो समय पछि साग खेलमा सहभािग टेनिस टोलीका धेरै जसो खेलाडी क्वार्टरफाइनलमा पराजित भए । नेपालका अभिशेक बास्तोला र संरक्षक भुषण बज्राचार्य तथा कमल भण्डारी र श्रीराम मगरको जोडी क्वार्टरफाइनलमा पराजित भए । यसैगरी, मिश्रीत युगलमा पनि श्रीराम मगर र ऐरा राउतको जोडी क्वार्टरफाइनलमा पराजित भयो । वाइ पाएर क्वार्टरफाइनल प्रबेश गरेका विभुती कार्की र विजिशा श्रेष्ठ पनि क्वार्टरफाइनलमा पराजित भए । विभुती र विजिशाको जोडी पनि क्वार्टरफाइनलमा पराजित भयो ।

एथ्लेटिक्समा रिमाललाई का“स्य

१२ आँै सागको एथलेटिक्स स्पर्धामा नेपालका हरि रिमालले काश्य पदक जितेका छन् । ५ हजार मिटर दौडमा उनले काश्य पदक जितेका हुन् । सो स्पर्धामा भारतका मानसिंहले स्वर्ण पदक जिते । हरिले १४ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरेका हुन् ।

पुरुष फुटबल सेमिफाइनलमा

साग अन्तर्गत पुरुष फुटवलको सेमिफाइनलमा पुगेको छ । भुटान र बंगलादेशवीच १–१ गोलको बराबरी भएपछि नेपाल अन्तिम चारमा पुगेको हो । समूह बी अन्तर्गत पहिलो खेलमा भुटानलाई हराएको नेपालको तीन अंक छ भने भुटान र बगलादेशको एकरएक अंक छ । नेपालले बंगलादेशसँग खेल्न बाँकी छ । उक्त म्याचको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।

खोखोमा दुई काँस्य

नेपालले खोखोमा दुइ कास्य पदक जितेको छ । खोखोमा पुरुष र महिला दुवै टिमले कास्य पदक हात पारेको छ । दुवैमा श्रीलकांलाई हराउदै नेपालले कास्य जित्यो । मंगलबार भएको पुरुष स्पर्धामा नेपाली पुरुष टोलीले श्रीलंकालाई १५–१० ले हराए । महिलातर्फ पनि श्रीलंकालाई नेपालले १९–४ ले पराजित ग¥यो । नेपालले एक स्वर्ण ५ रजत र ९ कास्यसहित कुल १५ पदक जितेको छ । प्रतियोगिताको पदक तालिकामा भारत शीर्ष स्थानमा छ ।

प्रतिक्रिया