नव जागृतकपको उपाधि स्याङ्जालाई

syangja lae upadi copyपर्वत,२५  माघ । स्याङ्जा पर्वतमा भएको पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला प्रथम नवगागृत कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा स्याङ्जाले नवलपारसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । अनुभवी खेलाडीहरू लिएर मैदान ओर्लिएको नवलपरासीले पहिलो सेट २५–२३ ले जित्दै उपाधि आफ्नो पक्षमा पार्ने संकेत देखाएको थियो । नवलपरासीले १०–१६ ले पछि परेको स्थिति उल्टाउदै पलिो सेट आफ्नो पक्षमा पा¥यो । तर, त्यसपछिको बाँकी सेटमा उत्कृष्ट खेल पस्कदै स्याङ्जाले उपाधि जित्न सफल भयो । नवलपरासी भने बाँकी सेटमा निरिह देखियो । मिश्रित खेलाडीहरूसहित मैदान ओर्लिएको स्याङ्जाले दोस्रो सेट २५–१४ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेट पनि स्याङ्जाले २५–२१ ले जित्यो ।

यस्तै म्याग्दीले तेस्रो स्थान हात पा¥यो । म्याग्दी तनँहुलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्थान प्राप्त ग¥यो । पहिलो सेट २२–२५ ले गुमाएको तनँहुले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत देखायो । राष्ट्रिय खेलाडी समेत रहेका एपीएफ क्लबमा आबद्ध मिलन मल्लको कप्तानीमा उत्रिएको म्याग्दीले तनँहुलाई स्तब्ध पा¥यो ।

जितसँगै स्याङ्जाले नगद १ लाख ५०हजारसहित शिल्ड मेडल प्राप्त ग¥यो । दोस्रो भएको नवलपरासीले १ लाख रूपैयामा चित्त बुझायो । यस्तै तेस्रो भएको म्याग्दीले ५० जार तथा चौथो भएको तनँहुले १५ जारमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी स्याङ्जाका सन्जु शा घोषित भए । यस्तै उत्कृष्ट स्पाइकर नवलपरासीका घनश्याम चौधरी, सेटर स्याङ्जाकाभरत थापा, क्वीकर नवलरासीका राम नारायण महतो, डिफेन्स स्याङ्जाका टहल सिंह थापा घोषित भए । यस्तै उत्कृष्ट ब्लकर स्याङ्जाकै कमल सुनुवार र प्रशिक्षकमा स्याङ्जाकै नवीन गरुङ घोषित भए । उनीहरूले नगद तीन–तीनहजार रूपैया प्राप्त गरे ।

विजेता टोलीलाई नेकपा एमालेका सभासद बिकास लम्साल, स्वर्ण महोत्सब मुल आयोजक समितिका संयोजक प्रेम कुमार लामिछाने, खेलकुद संयोजक अरूण कुमार श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ बहादुर लामिछाने पश्चिमाञ्चदल क्षेत्रीय भलिबल संघका सदस्य हरि कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता नव जागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर माघ २१ भएको थियो ।

प्रतिक्रिया