संस्कृतिविद् जोशीलाई सम्मान

;Todf]xg hf]zL gub;lxt ;Ddfg cf]d 1fg dlGb/ ;]s]08/L :s'nn] zlgaf/ ;+:s[ltljb Pjd ztfAbL k'?if ;Todf]xg hf]zLnfO{ gub ?=!))! ;lxt ;Ddfg ub}{ ljBfnosf k|wfgfWofks /fdk|;fb ;'j]bL . tl:a/ M /d]z lu/L, eQmk'/,/f;;

भक्तपुर, २३ माघ । ओम ज्ञानमन्दिर माध्यमिक विद्यालयले शनिबार संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई नगद दश हजार एक रुपैयाँ सहित सम्मान गरेको छ । विद्यालयको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा आयोजित सम्मान एवम् सांस्कृतिक कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक एवम् प्राचार्य रामप्रसाद सुवेदीले जोशीलाई नगदसहित ताम्रपत्र दिएर सम्मान गरेका छन् ।

सम्मान ग्रहणपछि संस्कृतिविद् जोशीले हाम्रो समाजमा धर्म र संस्कृति हराउँदै गएकाले विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीलाई धर्म र संस्कृतिका बारेमा सिकाउनुपर्ने बताए । कार्यक्रममा २०७१ सालको एसएलसी परीक्षामा सोही विद्यालयबाट ९१.२५ प्रतिशत अंक ल्याएर प्रथम हुने साजन सत्याल, ९०.७३ प्रतिशत अंक ल्याएर द्वितीय हुने दीक्षा विष्ट र ९०.१२ प्रतिशत अंक ल्याएर तृतीय हुने सृजन सत्याललाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारका दरले स्वर्गीय तिलकुमारी स्मृति शिक्षा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय सदस्य आर बी कटुवालले एसएलसी परीक्षामा विगतमा ३२ अंक ल्याएर उत्तीर्ण हुनेमा अब ४० अंक ल्याउनुपर्ने भएकाले फेल होइँदैन भनेर नबस्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

विद्यार्थीले ल्याएको नम्बरका आधारमा मात्रै लेटर ग्रेडिङ लागू गरेमा असफल हुने बताउँदै उनले विदेशमा जस्तै विद्यार्थीको अतिरिक्त क्षमताको मूल्याङ्कनबाट पनि नम्बर दिने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । विद्यालयका शिक्षक रामगोपाल आशुतोषद्वारा लिखित नाटक ‘माटोको माया’ र विविध सांस्कृतिक कार्यक्रम पनि सो अवसरमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया