आमाको पुण्यतिथिमा शिविर

8f= xf8f–la/fdLnfO{ k/fdz{ lbFb} kmlk{ªsf] z]ifgf/fo0f :jf:Yo rf}sLdf zlgaf/ al/i7 :qL/f]u ljz]if1 8f dL/f xf8f la/fdLnfO{ k/fdz{ lbFb} . tl:a/ zld{nf, /f;;

काठमाडौं, २३ माघ । स्त्रीरोग विशेषज्ञ डा मीरा हाडाले आफ्नो आमाको पुण्य तिथिको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकी छन् । शनिबार फर्पिङको शेषनारायण स्वाथ्य चौकीमा । आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट हालसम्ममा दश हजार बिरामीले सेवा लिएका बताइएको छ ।

डा हाडाले आफ्नो आमाको पुण्य तिथिमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा शनिबार दुईसय जना महिलाले सेवा लिएका छन् । ०५३ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको सो शिविरमा फर्पिङवासी लाभान्वित भएका छन् । वर्षको एकपटक पुण्य तिथिको दिन र प्रत्येक महिना हप्ताको पहिलो शनिबार शिविर आयोजना हुँदै आएको छ ।

शिविरमा पुगेकी डा हाडाले घर, समाज र देशको जीवनस्तर उकास्नका लागि महिलाको स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिँदै नागरिकलाई सानो सहयोग हुन्छ कि भन्ने उद्देश्यले आफूले यस्तो शिविर सञ्चालन गर्दै आएको बताएकी छन् । शिविरमा डा हाडाले सुरुको समयमा शिविर सञ्चालन गर्दा स्त्री रोगी निकै रहेको भए पनि भन्नसमेत लाज मान्ने गरेको तर अहिले बिरामीको संख्या घट्नुका साथै खुलेर आफ्नो समस्या बाहिर ल्याउने क्रम बढेको पनि बताएका छन् ।

पछिल्लोे समय शिविर सञ्चालन हुने गरेकाले नै नेपाल जनस्वास्थ्य सर्वेक्षणले पनि बाल तथा मातृ मृत्युदर निकै कम भएको जनाएको डा हाडाले जानकारी दिए । झन्डै ३० वर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवामा लाग्नुभएकी डा हाडाले आमा दिदीबहिनीको उपचारपछिको हँसिलो मुहारले आफूलाई भगवान् प्राप्ति भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

सोही अवसरमा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सबैले आफ्नो पेसाप्रति इमान्दार बन्दै सहयोग गर्ने हो भने देश विकास हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी, समाजसेवी डा सुन्दरमणि दीक्षितले देशमा प्रजातन्त्र स्थापना भएपनि अझै धेरै नागरिकले उपचार गर्न डाक्टरको मुख देख्नै नपाई मर्नु परेको भन्दै दुःख व्यक्त गरे ।

प्रतिक्रिया