गजलहरू

बिष्णुप्रसाद धिमाल आजाद

धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू
पिउदिन म झुक्याइ दिए तिम्रा ठुला जहरहरू
बनाउछु आफै बरु साना आफ्नै घरहरू
धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू

स्वाभिमानी नेपाली आमाको म हु एक सुपुत्र
तिम्रो झिनो आश बोकि लाउदिन म लहरहरू
बनाउछु आफै बरु साना आफ्नै घरहरू
धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू

मागी खान्न तिमीसंग मेरो उच्चो शिर झुकाइ
सुन फलाउछु पौरख गरि आफ्नै चाहारहरू
बनाउछु आफै बरु साना आफ्नै घरहरू
धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू

मुठी रोप्छु मुरि फलाउन मेरै माटो कोट्याएर
पूरा गर्छु संघर्षमै मेरा सारा रहरहरू
बनाउछु आफै बरु साना आफ्नै घरहरू
धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू

छाडिसके तिम्रै कारण फर्किएर हेर्दिन भो
जोड्ने छैन कहिल्यै अब तिमीसंग बहरहरू
बनाउछु आफै बरु साना आफ्नै घरहरू
धाउदिन म लोभलालचमा तिम्रा गाउँ र शहरहरू
उच्चो बनाइ राख्छु सधै सधै मेरा धरोहरहरू

– मात्तिम, खोटाङ

बलराम तिमिल्सिना

तिमी हौ को गजधम्म ,यहाँ आसन जमाउँने ?
तिमी हौ को बनी ठालु ,डाडू–पन्युँ समाउँने ?
को लडेर को मरेर, आएको हो व्यवस्था यो ?
तिमी हौ को नलजाई, हत्तपत्त रमाउँने ?
म गुमनाम बसिरा’छु , चुपचाप किनारमा
समय नि क्या कमेडी ,तिमी नाम कमाउँने ?
पुरस्कार जरिवाना, पाउँने चिन्न वाँकि छ
तिमी हौ को हतारिँदै, दण्ड–पूर्जी थमाउँने ?

– १५ माघ २०७२, काठमाडौं

प्रतिक्रिया