पूर्वगाविस अध्यक्ष एमालेमै फर्किए

पाँचथर, २२ माघ । प्राङबुगका पूर्वगाविस अध्यक्ष देबि नेपाल एमालेमै फर्किएका छन् । उनी एमालेको तर्फबाट गाविस अध्यक्षमा बिजयी भएका थिए । तत्कालीन माओवादी दवाबमा उनी एमाओवादी प्रवेश गरेका थिए । उनी एमाओवादी जिल्ला सदस्यमा रहेका थिए ।

त्यसैगरी, संघीय समाजवादी फोरम गाउँ कमटिीका अध्यक्ष बीरेन्द्र रानासमेत एमाले प्रजेश गरेका छन् । नेपालको संविधान जनताको संविधान जनताकै माझमा मूलनारा रहेको कार्यक्रममा उनीहरूले एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै १८ औँ प्रेस चौतारी स्थापना दिवशको अवसरमा पाँचथरमा अन्तरक्रिया सम्पन्न भएको छ । एमाले जिल्ला पार्टी कार्यालयमा प्रेस चौतारी पक्षधरका पत्रकारबीच नेपाली प्रेसको दिगो विकासका लागि छलफल गरिएको थियो ।

एमालेका स्थानीय कार्याकर्ताहरूले प्रेसलाई विकासका लागि सहयोग गर्न सूझाव दिएका थिए । जिल्लाका एमाले प्रचार विभाग प्रमुख तिबेन्द्रराज चापागाइले प्रेस चौतारीलाई संस्थाग विकास र संगठन विस्तारका लागि पार्टीले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया