बोलेका कुरा गरेरै देखाउँछु : प्रधानमन्त्री

k|]; rf}tf/L g]kfnsf] !*cf}+ :yfkgf lbj;sf] cj;/df cfof]lht sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL, g]skf Pdfn]sf ;lrj of]u]z e§/fO{nufot . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार र सिंहदरबार छाडेको दिन प्रश्न सोध्ने ठाउँ नहुने गरी बोलेका कुरा गरेरै देखाउने प्रतिवद्धता जनाएका छन् । प्रेस चौतारी नेपालको १८ औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित चियापन समारोहमा उनले भने, ‘सरकार छाडेको दिन के काम गर्नुभयो भनी प्रश्न सोध्ने ठाउँ हुने छैन ।’

अहिले प्राधिरकण बनेर पुनःनिर्माणको महाअभियान सुरु गरिसकेको जानकारी दिंदै फागुन १२ देखि अभियान सुरु गरी चैत १२ मा केही र वैशाख १२ गतेदेखि पाँचवर्षीय पुरातात्विक सम्पदाको निर्माण अघि बढ्ने बताए ।

काठमाडौँमा मेट्रो रेल र विद्युतीय बस चलाउने, एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र दुई वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने योजना अघि सार्नुलाई उखानटुक्काका रूपमा नलिन उनले आग्रह गरे । विकासको कुरा गर्दा उखान टुक्का भनेको आरोप लागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘कहाँ कति उखान टुक्का मिसाए भन्न सक्नु प¥यो ।’ आफूले बोलेका कुराप्रति आफू जवाफदेही भएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, अहिले मात्र हैन, १०÷२० वर्षअघि भनेको कुराको पनि म जवाफदेहिता लिन र जिम्मेवारी लिन तयार छु ।’ उनले अझ स्पष्ट पार्न खोज्दै ठट्यौली पारामा थपे ‘नोटमा लेखेको हुन्छ नी, यो रूपैया माग्न आएमा राष्ट्र बैंकबाट त्रून्त भुक्तानी दिइने छ । हो, त्यसैगरी म बोलेका कुराको भुक्तानी दिन तयार छु ।’

प्रधानमन्त्री ओलीले संविधान बनेर मात्र हैन, विकास निर्माण, राष्ट्रियता, आत्मनिर्भरता, वैदेशिक सम्बन्ध, राष्ट्रिय सार्वभौमसत्ताको जोगाउने सम्बन्धमा देश नयाँ चरणमा प्रवेश गरेको बताए । ‘जनताको प्रतिनिधिले संविधानसभाबाट संविधान बनाउने कुरा साधारण कुरा होइन’, एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘संवैधानिक हैसियतका साथ बनाएको संविधानले कसैले पनि अस्वीकार गर्न मिल्दैन ।’ प्रधानमन्त्रीले भने, ‘संवैधानिक तरिकाले बनाएको संविधानमा दुई÷चार जनाले जिद्दी गर्दैमा सबैले स्वीकार गर्नुपर्ने, ९० प्रतिशतले भनेको नहुने तर दुई÷चार जनाले भनेको मान्नुपर्ने, लोकतन्त्रमा यस्तो कहीँ पनि हुँदैन ।’

उनले आफू छिट्टै भारत र चीन भ्रमणमा जान लागेको र भ्रमणको खास अर्थ हुनेमा ढुक्क हुन आग्रह गरका थिए । ओलीले चौतारीले पेसागत मर्यादा कायम राखी आकर्षणको केन्द्र बन्नुपर्नेमा जोड दिदै जायज र सम्भव हुने पत्रकारितासम्बन्धी माग सरकारले पूरा गर्ने आश्वासन दिए । उनले भने ‘ म यो दिन्छु र ऊ दिन्छु भन्दिन । पत्रकारिताको विकासका निमित्त राम्रो माग सरकारले पुरा गर्छ ।’

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले पार्टी सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको र श्रमजीवी पत्रकारको हकहितमा लड्दै आएको बताए । उनले मुलुक गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको अवस्थामा पार्टीका अध्यक्षकै नेतृत्वमा वर्तमान सरकार अघि बढिरहेकाले मुलुकमा राष्ट्रिय एकता प्रवद्र्धन गर्न एमाले र सरकारको कार्यभार भएको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सन् २०१५ मा १ सय ३६ प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताउँदै तराईको पछिल्लो आन्दोलनमा मात्र १ सय १४ घटना भएको जानकारी दिए ।

गाउँलेलाई पुरस्कार
प्रेस चौतारी नेपालले हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई प्रदान गर्ने भएको छ ।

त्यसैगरी अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार चौतारीका केन्द्रीय पूर्वउपाध्यक्ष तथा मकवानपुरका पत्रकार देवराज रिमाललाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिरहाका दिलीपकुमार सिंहलाई तथा डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका यज्ञराज थापा र अछामका विद्युतमा आउजीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ ।

हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा तीर्थ कोइराला, अग्निशिखा पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा गोविन्द पोखरेल, वीरेन्द्र पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा लक्ष्मी साह र डेकेन्द्र पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा अक्षरी पोखरेल रहेका थिए । चौतारीका उत्कृष्ट जिल्ला कार्यसमितिमा सुनसरी, दोलखा, नवलपरासी, बाँके, डडेल्धुरालाई छनौट गरिएको छ । जिल्ला कार्यसमितिको कार्य सम्पादन, क्रियाशीलता र रचनात्मक क्रियाकलापका आधारमा सिफारिस भएअनुसार उत्कृष्ट जिल्ला छनोट गरिएको हो ।

चौतारी हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा ४ पुरस्कार पाउनेको नामावली र उत्कृष्ट जिल्ला शाखाको घोषण गर्दै आएको छ । चौतारीले ती पुरस्कार र सम्मान विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३ तारिख)का अवसर पारेर प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया