वरियतामा सुधार

काठमाडौं । विश्व फुटबल संघ (फिफा)ले जारी गरेको नयाँ वरियता क्रममा नेपालले केही सुधार गरेको छ । नेपाल ८ स्थान माथि उक्लिँदै १ सय ८८औँ स्थानमा पुगेको छ । फिफाले फ्रेबुअरी महिनाका लागि सार्वजानिक भएको वरियताक्रममा नेपालले ८ स्थान सुधार ग¥यो ।

नेपालले पछिल्लो समय एकपछि अर्को खराब नतिजा निकाल्दै फिफा वरियतामा दक्षिण एसीयाकै सबभन्दा तल पुगेको थियो । यसअघि नेपाल फिफा वरियतामा इतिहासकै सबैभन्दा खराब १ सय ९६औँ स्थानमा पुग्दै दक्षिण एसियाकै पुछारमा थियो । अब नेपाल दक्षिण एसियाामा पछाडिबाट दोस्रो स्थान उक्लेको छ । दक्षिण एसियामा अफगानिस्तान शिर्ष स्थानमा छ । अफगानिस्तान १ सय ५४औं स्थानमा छ ।

यस्तै, विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ । अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौंथो र चिली पाँचौ स्थानमा रहेका छन् । (सौस)

प्रतिक्रिया