ओप्स अन्तरविद्यालय फुटबल

ops football srijan gyan sagar copyकाठमाडौं, २० माघ । मस्र्याङ्दी स्कुल प्रथम ओप्स अन्तरविद्यालय फुटबल प्रतियोगिताको बुधबार फाइनलमा प्रवेश गरेको छ ।

नेपालटारस्थित तारकेश्वरको खेलमैदानमा भएको क्वाटरफाइनल र फाइनल खेल लगातार २ जित हात पार्दै मस्र्याङ्दी स्कुल फाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा मस्र्याङ्दीले हिमरश्मी स्कुललाई ट्राइबेकरमा ७–६ र सेमिफाइनलमा पुष्पकुञ्जलाई २–० ले हरायो । सेमिफाइनलमा मस्र्याङ्दीका लागि २ गोल गरेका सुङ्ग गुरुङ नायक बने ।

त्यस्तै सहआयोजक सिर्जना ज्ञान सागर मावीले क्वाटरफाइनलमा राजन मेमोरियल इंग्लिस स्कुलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सिर्जना ज्ञान सागरले राजनलाई २–१ ले हराएको थियो । सिर्जनाको जितमा दीपेन्द्र गुरुङ र आशिष ठकुरीले गोल गर्दा राजनका लागि अभिराज डंगोलले गोल गरे । अर्गनाइजेसन अफ प्राइभेट स्कुल(ओप्स) को आयोजनामा भएको क्वाटरफाइनलमा पुष्पकुञ्ज स्कुल र प्रगति माविले ट्राइबेकरमा जित हात पारे । पुष्पकुञ्जले ट्राइबेकरमा फेरिल्यान्डलाई ५–३ र प्रगतिले सामाखुसी इंग्लिस बोर्डिङ स्कुल(सेब) लाई ४–३ ले पराजित ग¥यो । पुष्पकुञ्जले निर्धारित समयमा गोलरहित बराबरीमा खेल्दा प्रगतिले १–१ गोलको बराबरी गरेको थियो ।

प्रतिक्रिया