काठमाडौं । नेपाल जुडो संघले गत वैशाखको भूकम्पबाट पीडित विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई शनिबार राहत स्वरूप आर्थिक सहयोग प्रदान गरेको छ । तेस्रो चरणमा खेल पत्रकारलाई सहयोग गरिएको हो ।

पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोस्रो चरणमा घर क्षति भएका जुडो संबद्धलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

नागरिकका ध्रुव तुलाधर, दिपेश तिमल्सिना, हिमालय टेलिभिजनकी सोनिका अर्याल, नेपाल समाचार पत्रका फिरोज राजोपाध्याय, द राइजिङ नेपालका अञ्जन खड्का, सुभाष हुमागाईं, द हिमालय टाइम्सका महेश आचार्य, अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी, रातोपाटीका राजेश भण्डारी, सौर्यका दिलबहादुर तामाङ, नागरिकका अजय फुयाल, नेपाल वानीकी मोती आम्गाईं, समज्ञप्रसाद लाकौल, सौर्यका मनोज घिमिरे, अन्नपूर्ण पोस्टका दीपेन्द्र गुरुङ, सौर्यका अनिल मल्ल ठकुरी, नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य, प्रदीपमान सिंह तथा बिबिसी नेपालका निरञ्जन राजवंशीलाई समान २५ हजार प्रदान गरियो ।

वैशाख १२ गतेको भूकम्पका कारण ज्यान गुमाएका गोरखापत्रका खेल पत्रकार सुमन बोम्जनको परिवारलाई ५० हजार उपलब्ध गरायो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उपरोक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै सहयोग सानो भए पनि मानवीय भावना व्यक्त गर्नु ठूलो कुरा भएको बताए । (सौस)

प्रतिक्रिया