सेपाकताक्रोमा गुरुङ निर्विरोध

sepak takro team nir birodha copyकाठमाडौं । नेपाल सेपाकतोक्तो संघको दोश्रो अधिवेशनले नेत्रप्रसाद गुरुङको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट वरिष्ठ उपाध्यक्षमा चयन भए । उपाध्यक्षमा पुरन कुँवर, अर्जुनबहादुर ठकुल्ला र जितेन्द्र थापा मगर, महासचिवमा गंगाबहादुर गुरुङ, सचिवमा प्रमिलाकुमारी श्रेष्ठ (मास्के), रामबहादुर थापा र भद्रबहादुर गुरुङ, कोषाध्यक्षमा नरबहादुर थापा तथा सह–कोषाध्यक्षमा रोशन भट्टराई रहेका छन् ।

अमर सुवेदी, निरज रावल, बुद्धिबहादुर गुरुङ, सीता सुवेदी, जंगमणि अधिकारी, कृष्णप्रसाद अधिकारी, बद्रीप्रसाद अधिकारी र शिवबहादुर राना सदस्यमा चयन भए । त्यस्तै लोकमणि आत्रेय र कृष्णबहादुर पुन उपाध्यक्ष तथा शंकर थापा, हर्कबहादुर गुरुङ, वीरेन्द्रविक्रम लिम्बू, राजेश चौधरी, डा. यमबहादुर गुरुङ र उमेश शिरीष सदस्यमा चयन भए ।

साधारणसभाको युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच उद्घाटन गरे । (सौस)

प्रतिक्रिया