बागमती सरसफाइमा टेलिकम

telecom copyकाठमाडौं । नेपाल टेलिकमले शनिबार बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरू बागमती सफाइ अभयिानमा सहभागी भएको कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।

प्रबन्ध निर्देशक आचार्यले यस अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरू हस्तान्तरण गरे ।

सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरूका लागि १ सय जोर बुट, १ सय थान ट्रयाकसुट, ३ सय जोर ह्यान्ड ग्लोब, २ सय थान फोहोर तान्ने सुइरो र १ सय थान फोहोर संकलन गर्ने डोको हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले नेपाल टेलिकमले सुरुहातदेखि नै बागमती सफाइ अभियानमा सहयोग पु¥याएको र टेलिकमको सहयोग नभएको भए सम्भवतः सफाइ अभियान यो अवस्थामा आउन पनि नसक्ने भन्दै कम्पनीले गरेको सहयोगको लागि आभार प्रकट गरे ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सव मनाउने सन्दर्भमा बागमती सफाइ अभियनमा संलग्न भएकोमा आभार प्रकट गर्दै बागमती किनारका विभिन्न स्थानमा शौचालय र पार्कलगायत अन्य आवश्यक पूर्वाधार निर्माणका लागि कम्पनीलाई सहयोगका लागि आग्रह गर्न लागेको बताए ।

सोअवसरमा कम्पनीका प्रबन्ध निर्देशक आचार्यले बागमती सफाइ अभियानमा कम्पनीका कर्मचारीहरू सहभागी हुनुका साथै सफाइ कार्यका लागि आवश्यक सामग्रीहरू समेत सहयोग गर्दै आएको बताए ।

सफाइ अभियानका लागि कम्पनीमा कार्यरत कर्मचारीहरू बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई लामबद्ध रूपमा प्लेकार्ड, ब्यानरहरूका साथ अभियन्ताहरूको अगुवाइमा बानेश्वर क्याम्पसस्थित बागमती नदीमा पुगेका थिए । उक्त सफाइ अभियानमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक, नायव प्रबन्ध निर्देशकहरू, प्रबन्धकहरू, बरिष्ठ अधिकृतलगायत उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कम्पनीले ०७० सालदेखि नै वार्षिकोत्सवका अवसरमा बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरू उपलब्ध गराउनुका साथै कम्पनीका कर्मचारीहरू पनि सफाइ कार्यमा सहभागी हुँदै आएका छन् ।

बागमती नदीको सफाइ, स्वच्छता र संरक्षण एवं बागमती सभ्यताको प्रवद्र्धनका लागि ०७० जेठ ५ देखि यो अभियान सञ्चालन हँुदै आइरहेको छ । (सौस)

प्रतिक्रिया