पशुपालकलाई आत्मनिर्भर योजना

काठमाडौं, १६ माघ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले नेपाललाई दूध, मासु र अण्डालगायत पशुपालक किसानलाई आत्मनिर्भर बनाउने मन्त्रालयको योजना रहेको बताएकी छन् । उनले नेपाल जस्तो मुलुकमा पशुपक्षिबाट किसानले प्रशस्त आम्दानी लिन सक्ने बताउँदै यसको प्रवद्र्वन र विकास गर्न नया योजना बनाइएको जानकारी दिइन् ।

एमालेनिकट अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ पेसागत विभागले संयुक्त रूपमा आयोजना गरेको पेसाकर्मी महिलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष समेत रहेका मन्त्री मानवीले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै खास गरी नेपाली महिला आत्मनिर्भर बन्नुपर्ने धारणा राखेकी छन् ।

महिला संघ पेसागत विभागका संयोजक शिला क्षेत्रीले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्ने बताइएन् । अधिवक्ता विष्णुमाया भुुसाल र नेपाल निजामती कर्मचारी सं्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले अधिकारका लागि महिला नै सक्रिय बन्नुपर्नेमा विचार राखेका थिए ।

प्रतिक्रिया