‘२७ घन्टा’को ट्रेलर सार्वजनिक

27-hours copyकाठमाडौं । दक्षिण भारतीय फिल्म निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्टलुक सार्वजनिक गरिएको छ ।

चलचित्रको फस्टलुकबाट यसको विषयवस्तु पुष्टि गर्न खोजिएको छ । प्राविधिक पक्ष बलियो भएकाले विदेशी चलचित्र हेर्ने दर्शकलाई पनि यसले आकर्षित गर्ने दाबी निर्देशकले लिएको छ । यो चलचित्रको छायांकन नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा गरिएको हो । २७ घन्टामा एक व्यक्तिको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई यसले देखाउन खोजेको छ । चलचित्रमा रिजन कोइरालाको संगीत, बंशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायांकन छ ।

चलचित्रका कलाकार समेत रहेका दीपक लम्सालले निर्माण गरेको यो चलचित्र चैत्र १९ गतेबाट नेपालभर प्रदर्शनमा आउनेछ । (सौस)

प्रतिक्रिया