चेल्सीसँग आर्सनल पराजित

chelsea won againts arsnalलन्डन । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको दाबेदारमा रहेको आर्सनल पराजित भएको छ । आर्सनल आइतबार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग १–० ले पराजित भएको हो । हारसँगै आर्सनलले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ । खेलमा पराजय भोगेको आर्सनलले पहिलो हाफमा नै एक खेलाडी गुमाउन परेको थियो । पहिलो हाफको १८औँ मिनेटमा डिफेन्डर पेर मेर्टेसाकेर रातो कार्डखाँदै मैदानबाट बाहिरिए । त्यसपछि आर्सनल १० खेलाडीमा सीमित भयो । १० खेलाडीमा सीमित भएको आर्सनललाई उसकै घरेलु मैदानमा हराउन चेल्सीको बाटो केही सहज बन्यो । त्यसको केही समयमा नै चेल्सी आर्सनलमाथि हाबी भयो । १० खेलाडीमा सीमित भएको आर्सनलमाथि ५ मिनेटपश्चात नै गोल ग¥यो । उसका लागि खेलको २३औँ मिनेटमा डिएगो कोस्टाले गोल गरे । स्वीडेनका अन्तर्राष्ट्रिय खेलाडी ब्रनिस्लाभ इभानोभिचको पासमा कोस्टाले गोल गरेका थिए । पहिलो हाफको बाँकी समयमा पनि गोल हुन सकेन । पहिलो हाफमा चेल्सी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल चेल्सीले जित्यो ।

खेलमा चेल्सीले ६ पटक पोस्ट आक्रमण अवसर सिर्जना गर्दा आर्सनलले एकपटक मात्र गरेको थियो । २३ खेलबाट ४४ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । समान ४४ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिसेस्मटर सिटीको ४७ अंक छ । आर्सलनलाई हराएको चेल्सी २८ अंकसहित १३औँ स्थानमा छ । समान खेलबाट ४४ अंक जोडेको आर्सनलले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । प्रिमियर लिगअन्तर्गत आइतबार राती नै भएको अर्को खेलमा स्वान्सी सिटीले एभर्टनलाई २–१ ले हराएको छ । जितपछि २३ खेलबाट २५ अंक जोडेको स्वान्सी सिटी रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ । सिटी १५औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया