केटीको नाममा फेसबुक चलाएर पैसा ठग्ने पक्राउ

काठमाडौं, ३० पुस । केटीको नाममा नक्कली फेसबुक बनाई एक व्यापारीसँग रकम असुली गर्ने दुईजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । भारत घर भइ हाल काठमाडौंको महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका रोशन गुप्तासँग दैलेख बङलम्जि–७ कोइराला गाउँका विक्रम ज्ञवाली र काठमाडौं धापासीका केविन केसीले केटीको नाममा फेसबुक आइडी बनाइ तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी उपचारार्थ अस्पतालमा भर्ना भएकी छिन् । उनको उपचारको लागि ५५ हजार रकम दिनु, नदिएमा पुलिस केस गरिदिन्छौँ भन्दै धम्की देखाई रकम अशुली गरेको प्रहरीले जनाएको छ ।

त्यसपछिसमेत ज्ञवाली र केसीले पीडितको पसलमा गई हामी सुवास्ना गौतमको दाजु हो उपचारको लागि रकम दे नदिएमा जे पनि हुन सक्छ भन्दै पटकपटक गरी पीडितबाट चार लाख सत्र हजार रुपियाँ असुल गरेको प्रहरीले जनाएको छ । उनीहरुले बारम्बार फोन गरी थप दुई लाख रकम माग गरेपछि पीडितले प्रहरी महाशाखामा दिएको जाहेरीका आधारमा महाराजगन्जस्थित भाटभटेनीबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया