आप्रवासी कामदारलाई एसएमएसमार्फत कानुनको जानकारी

काठमाडौं । साउदी अरबले आफ्ना देशमा कार्यरत आप्रवासी मजदुरलाई उनीहरूकै भाषामा श्रम कानुनबारे एसएमएस र फोनकलबाटै जानकारी दिने भएको छ ।

साउदीको श्रम मन्त्रालय र त्यहाँको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी साउदी टेलिकम (एसटीसी) बीच यस्तो सेवा सुरु गर्ने विषयमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अब विदेशी कामदारहरूलाई एसएमएस तथा फोनबाटै समेत साउदीको श्रम कानूनबारे जानकारी दिइने छ । यसैगरी कामदारको काम, कर्तब्य र अधिकारबारे पनि सरकारले एसएमएसबाटै सचेत गराउनेछ ।

यी सञ्चार तथा सम्वादहरूमा आप्रबासी कामदारहरूकै भाषा पनि प्रयोग गरिने हुनाले सहजै कामदारले कानुनबारे जानकारी पाउनेछन् । नेपाली कामदारले श्रम कानुनबारे लेखिएका एसएमएस आफनै मोबाइलमा नेपाली भाषामा नै प्राप्त गर्नेछन् । साउदीका श्रम मन्त्री मुफ्रीज अल–हक्बानीले यो सेवाको सुरुवातले सरकार र आप्रबासी कामदारबीचको दुरी कम भएको बताए ।

उनले साउदी सरकारले आप्रबासी कामदारको अधिकारको रक्षा कानुनी रूपमा गरिएको भन्दै त्यसलाई कामदारले सहजै पाउन सुवात हुन लागेको फोन तथा एसएसएस सेवाले सहयोग गर्ने उल्लेख गरे । यसबाट साउदी सरकार र कामदारबीचको समबनध पनि सुध्रिने त्यहाँको श्रम मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया