लघुकथा : खत्तम देश

durga prasad guwaltare“खत्तम छ हाम्रो देश !“ बिहान चिया पिउँदै गर्दा अखबारको शिर्षक श्रीमान् लाई देखाउँदै साहेप्नीले भनिन् । “नाकावन्दीको मौका छोपी कालोबजारियाले पाँचगुना बढी मुल्यमा तेल बिक्री“ भन्ने समाचार छापिएको थियो ।
हाकिम सा’प मौन थिए । खाना खाए, अफिस गए, साँझमा फर्के ।
“तपाईँलाई थाहा छ, अख्तियार पनि नाम मात्रको रहेछ ! दिउँसो टिभी भन्दैथियो, भक्काभक्की फिरीमा दिनुपर्ने औषधिहरू हेल्थपोस्टका इन्चार्जहरूले बेचेर खाएछन् ! कहाँसम्मको बैमानी !“ साँझमा साहेप्नीले बताइन् ।
हाकिम सा’पले सुरुप् सुरुप् पार्दै कफीको चुस्की लिइराखे । केही बोलेनन् ।
“चौपटै हुने भो हाम्रो मुलुक, यी हेर्नुस् त यो तेल त भुकम्पपीडितलाई राहत दिन पो बिदेशबाट आएको रहेछ । खुल्लम्खुल्ला बिक्री गरिरहेका छन्नकच्चरा व्यापारीले !“ तेलको पोकामा लगाइएको छाप हाकिम सा’पलाई देखाउँदैसाहेप्नीले भनिन् ।
“आमा आमा भुइँचालोको कुरा नगर्नुस् न, डर लाग्छ !“ आफ्नै शुरमा खेलिरहेकी पाँचबर्षे छोरीले आमालाई भनिन् । “पाप्पा पाप्पा, भुइँचालोमा हाम्रो घरमा पाँचवटा कार्पेट ल्याएको हगि !“ भन्दै उफ्रिंदैगइन् र बैठक कोठाको कुनाको काठे ¥याक खोलेर ह्वाङ्ग पारिन्छोरीले ।
प्लास्टिकको थैलीभित्र बाँधिएका राता(नीला त्रिपालहरू ङिच्च हाँसेको देखियो ।
“यो छौंडी, खुब बाठी हुनुपर्छ यसलाई !“ छोरीको हात लछार्दै ढ्याम्म ¥याक बन्द गरिन् साहेप्नीले र मुख नचाउँदै बाहिर निस्किन् ।
भुकम्पको राहतको लागि किनिएको त्रिपालको ट्रक राती पार्क गर्दा साहेप्नीले केही थान खुसुक्क चट्काएकी थिइन् । हाकिम सा’पले थाहा नपाए झैं गरेका थिए ।
“पाप्पा पाप्पा मम्मी किन रिसाउनु भा ?“ चिन्तित भावमा छोरीले सोधिन् ।
“बुझिस् छोरी….अह्ंअह्ं …! …बुझिस् छोरी !…..आऊ छोरी हामी पनि उता जाऊँ !“ हाकिम सा’पले छोरीको ध्यान मोढे ।

प्रतिक्रिया