….कविता…

हालखबर

किशोर केसी
हेलो ! को बोलेको, दिगम्बर ?
के रे ? ए ,यताको हालखबर ?
के.. हुनु र दिगम्बर ,
तिमीले छोड्दा जस्ता थिए
अझै त्यस्तै छन् गाउँशहर ।
अतिवृष्टि (अनावृष्टि हुन्थ्यो
भएकै छ ,
बर्षेनी बाढी पहिरो जान्थ्यो
गएकै छ ,
रोग( महामारी आउने गर्थे
आएकै छन् ,
दीन( दुःखीले सास्ती पाउँथे
पाएकै छन् ,
चेलीका अस्मिता( आबरु
लुटिएकै छन् ,
दुईचार जना गोलीले
भुटिएकै छन् ,
राज्यकोषबाट नेतोपचार
गरिरा ’कै छन् ,
सिटामोल नपाएर जनता
मरिरा ’कै छन् ,
के.. हुनु र दिगम्बर ,
तिमीले छोड्दा जस्ता थिए
अझै उस्तै छन् गाउँशहर ।
सदाको झैँ बेरोजगारी
मौलाएकै छ ,
हरेक साल झैँ बजारमूल्य
बौलाएकै छ ,
पासपोर्टमा तन्नेरी कल्पना
गुडेकै छन् ,
एयरपोर्टमा नेपाली सपना
उडेकै छन् ,
रेमिटान्सको भरमा देश
बाँचेकै छ ,
रुने रो ’को छ हाँस्ने
हाँसेकै छ ,
संविधान बनाउँछौँ भन्न
छाडेका छैनन् ,
आश्वासन भन्दा अरु
बाँडेका छैनन् ।
के भो ? किन, सुनिन्न त ?
हेल्लो ! हेल्लो ! दिगम्बर ?
यदि त्यता सुन्दैछौ भने ,
यिनै हुन् यताका हालखबर ।

खोटाङ

 

 

गाउँको अँध्यारोबाट

प्रेमिला राई

हिउँ खसेर
भत्किसक्यो पहाड
अब त्यो बिधवा बतास
कहाँ गएर फुट्छ …

आकाश पग्लिएर
भिजिसके क्षितिजका छातीहरु
अब त्यो बिरामी बादल
कहाँ समातेर उभिन्छ …

उर्लिरहने संग्लो मनको नदी
सुक्यो सन्तापको खडेरीले
अब त्यो सपनाको डुंगा
कसरी डुब्दै उत्रदै तर्छ …

मुटुको उदयाचलमा हरेक प्रात
मुस्कुराउने घामको मृत्यु भएको छ
आँखाको मझेरीमा हर साँझ फक्रने
जूनको सिउँदो पुछिएको छ

खसेर कतै छुटेका आफ्नै यादका प्रच्छायाँहरु
खोजेर ल्याउँछु भनी
हिँडेथ्यो रहर
बाटैमा हत्या भएछ

झझल्कोको घागोमा बेरिदै आउने
ए मेरो परदेशी याद !
कतै हत्यारा बाटो पुगेको सहरमा छौ भने
अर्को नयाँ बाटो खनेर आउ
यहीँ गाउँको अँध्यारोबाटो दिनेछु म तिमीलाई
तिमीले खोजिरहेको उज्यालो … ।

बुइपा–६, खोटाङ

मेरो नेपाल

प्रेम न्यौपाने
शिरमा सुन्दर सगरमाथा
अटल रहोस राम्रो
कोटि कोटि नेपालिको
एउटै प्राण हाम्रो

जगजगाओस मेचि कालि
मगमगाओस देश
अमर रहोस नेपालिको
आफ्नो परी भेष

विश्व भरी चर्चा चलोस
शान्ति प्रिय नेपाल
संसारकै अटल बनोस
मात्रि भुमि नेपाल

सुर्य जस्तै चम्किरहोस्
नेपालिको नेपाल
विस्व भरी नाम चलोस
सुन्दर शान्त नेपाल

हिमाल सधै उच्च रहोस्
नेपालिको साथ
नेपालि लाई चिनाउनु छ
यो विस्वको माझ ।

कालिकास्थान–४, रसुवा

प्रतिक्रिया