श्रीलंकाविरुद्ध न्युजिल्यान्डको रोमाञ्चक जित

shrilanka and newzealandमाउन्ट मौनाग्नुइ । श्रीलंकासँगको पहिलो टी–ट्वेन्टी क्रिकेटमा न्युजिल्यान्ड ३ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्यान्डले प्रस्तुत गरेको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो ।

घरेलु टोली न्युजिल्यान्डले ४ विकेट गुमाएर १८२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ५८, केन विलियम्सनले ५३ तथा कोलिन मुनरोले ३६ रनको योगदान दिए । श्रीलंकाको बलिङतर्फ नुवन कुलशेखराले २ विकेट लिए । श्रीलंकाका लागि दनुशका गुनाथिलका(४६), मिलिन्डा सिरिवर्धना(४२) तथा थिसरा परेराले(२८)रन बनाए पनि हार टार्न सकेनन् । न्युजिल्यान्डको बलिङतर्फ म्याट हेनरी र ट्रेन्ट बोल्टले समान ३÷३ विकेट लिए । श्रीलंका र न्युजिल्यान्डबीच २ टी–ट्वान्टी क्रिकेट हुनेछ । यसअघि भएको १ एक दिवसीय शृंखला न्युजिल्यान्डले ३–१ ले जित्यो । यस्तै भ्रमणको सुरुमा भएको दुई टेस्टको शृंखलामा पनि श्रीलंका २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया