पूर्वप्रधानमन्त्री नेपालद्वारा ‘फर्माइस’ सार्वजनिक

formais-albumकाठमाडौं । गायक हेमन मोक्तानको एकल स्वर रहेको एल्बम ‘फर्माइस’ सार्वजनिक गरिएको छ । ‘फर्माइस’ नाम राखिएको एल्बमलाई पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक गरेका हुन् । एल्बममा ६ वटा गीत समावेश छन् ।

हेमन गायनसँगै संगीत र समाजसेवाको क्षेत्रमा सक्रिय छन् । एल्बम सार्वजनिक गरेसँगै नेता नेपालले समारोहमै नगद ५ सय तिरेर एल्बम पनि खरिद गरे । एल्बम् किनेपछि माधवले भने,‘यो मेरो लागि नौलो अनुभव हो । किनकी प्राय स्थानमा उपहार नै पाउने गरेको छु । तर, यहाँ मैले एल्बम खरिद गर्दा बालबालिकाले शिक्षा पाउने हुँदा मैले खरिद गरेको हुँ ।’

कार्यक्रममा एल्बममा समावेश ३ वटा गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गायक हेमनले आफ्नो संगीतले केही बालबालिकालाई शिक्षा दिएको बताए । उनले शिक्षामा मात्र नभएर स्वास्थ्यमा पनि केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आफू सांगीतिक कार्यक्रमका लागि कतार जान लागेको भन्दै हेमनले त्यसबाट आउने रकम पनि बालबालिकाको सहयोगका लागि खर्च गर्ने बताए । (सौस)

प्रतिक्रिया