‘ठुङ्दे’को ओझेलमा ‘लोकल ब्यूटी’

local beautiकाठमाडौं । फिल्म ‘फन्को’ अहिले ‘ठुङ्दे’ बोलको गीतबाट चर्चामा छ । यो गीत सार्वजनिक गर्नुभन्दा अघि निर्माण युनिटले फिल्मको ट्रेलर र ‘लोकल ब्यूटी’ सार्वजनिक गरेका थिए । दसैँको छेक पारेर गीत सार्वजनिक गरियो ।

हेटौंडामा तीन दिनसम्म सेट लगाएर निर्माताले गायिका इन्दिरा जोशीलाई यो गीतमा नचाएका पनि थिए । इन्दिराको कम्मर लच्काइले यो गीत हिट हुने सोच थियो, निर्माता र संगीतकार चेतन सापकोटाको । तर, इन्दिराको लोकल ब्यूटी सोचेजस्तो हिट भएन । अहिले त, फिल्ममा यो गीत छ र भन्नु पर्ने अवस्था छ ।

ठुङ्दे बोलको गीतले इन्दिराको कम्मर लच्काइलाई नै माथ खुवाइदिएको छ । त्यसको ठाँउ अहिले ट्रेलर र ‘ठुङ्दे’ बोलको गीतले लिइरहेको छ । गीत सामान्य भए पनि यही एउटा शब्दले चर्चा पाइरहेको छ । निर्माता नरेन्द्र महर्जन फिल्मको यही गीतलाई विभिन्न तबरले प्रमोशन गरिरहेका छन् । यतिसम्मकी फिल्मको यो गीतको प्रचारका लागि उनले ठुङ्दे स्ट्याचु पनि बनाएका छन् । सामाजिक सञ्जालमा अहिले यो भाइरल बनिरहेको छ । फिल्म १ माघबाट प्रदर्शनमा आउँदैछ । (सौस)

प्रतिक्रिया