अमृतलाई क्याडी गल्फको उपाधि

काठमाडौं । गोकर्ण गल्फ क्लबमा भएको क्याडी गल्फ च्याम्पियनसिपको उपाधि अमित बोगटीले जितेका छन् । बोगटीले भरत थापा मगरमाथि तीन स्ट्रोकको जीत दर्ता गरे ।

बोगटीले कुल ६ ओभर ७८ स्कोर कार्ड बनाएका थिए । उनले फ्रन्ट नाइनमा एक ओभर ३७ स्कोर र ब्याक नाइनमा पाँच ओभर ४१ स्कोर कार्ड बनाएका थिए । ब्याक नाइनमा खराब प्रदर्शन गर्दै अमृतले १५ र १७औँ होलमा ट्रिपल बोगी खेपेका थिए । उपाधि विजेता अमृतले ट्रफी र १५ हजार नगद पुरस्कार हात पारे ।

उपविजेता भरतले नौँ ओभर ८१ स्कोर गरे । उनले १० हजार नगद पुरस्कार हात पारे । तेस्रो भएका नारायण चौलागाइँले ११ ओभर ८३ स्कोर गरे । उनले ८ हजार नगद पुरस्कार जिते । त्यस्तै १२ ओभर ८४ स्कोर गरेका विष्णु भण्डारी चौथो र १४ ओभर ८६ स्कोर गरेका राजन भडेल पाचौँ भए । उनीहरू दुवैले क्रमश ६ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

एक दिने प्रतियोगितामा २८ क्याडीको सहभागीता रहेको थियो । स्टोक प्लेको आधारमा भएको प्रतियोगिता कुल १८ होलमा खेलाइएको थियो । प्रतियोगितामा उत्कृष्ट १६ स्थानसम्मका खेलाडीलाई समान दुई हजार नगद प्रदान गरिएको थियो । विजेता खेलाडीलाई गोकर्ण गल्फ क्लबका सदस्य टेन्डी शेर्पाले पुरस्कृत गरे । क्याडीहरूका लागि यस प्रतियोगिता वार्षिक रूपमा हुँदै आएका छन् । प्रतियोगिताका पछिल्ला संस्करणहरूका विजेता प्रोफेशनल गल्फर भइसकेका छन् । (सौस)

प्रतिक्रिया