अस्ट्रेलियामा घमलाई सम्मान

gham australia sammanकाठमाडौं । नेपाल आइटिएफ राष्ट्रिय ब्याल्कबेल्ट कमिटीका केन्द्रीय अध्यक्ष तथा ढोरपाटन स्पोटर््स प्रशिक्षण क्लबका सचिव घमबहादुर थापा मगर अस्ट्रेलियामा सम्मानित भएका छन् । थापालाई नेपाली समाज म्याग्दी सेवा समिति अस्ट्रेलियाले सम्मान गरेको हो ।

नेपालमा आइटिएफ तेक्वान्दोको बिकास र बिस्तारमा खेलेको उल्लेखनीय भूमिकालाई कदर गदै समितिका अध्यक्ष हरि रामजाली, सदस्य तुलबहादुर बुढाथोकी, ढोरपाटन स्पोटर््स क्लबका उपाध्यक्ष तथा भलिबलका पूर्वराष्ट्रिय खेलाडी खेमबहादुर पुर्जालगायतले अस्ट्रेलियाको सिड्नीमा डिसेम्बर ३१ तरिखमा सम्मान गरेका थिए । थापा हालै मात्र स्वदेश फर्किएका छन् । (सौस)

प्रतिक्रिया