बेलैमा चनाखो बन

आसन्न दक्षिण एसियाली खेलकुदका लागि राज्यले बजेट विनियोजन गरेको छैन । संबन्धित सबै पक्ष आप्mनो ढंगले तयारीमा लागेका छन् । छनोट भइसकेका खेलहरूको प्रशिक्षण आफ्नै ढंगले भएको छ । घटनाक्रम हेर्दा राज्यका जिम्मेवार निकाय विभाजित झै देखिन्छन् । अर्थमन्त्रालय र खेलकुदद परिषद् छुट्टै देखिन्छ । दुवै हेर्दा यसै कुरा यकिन र सही भन्ने अवस्थासमेत छैन । नेपाली खेलकुद विगतमा पनि विभाजित राज्यको मारमा परेको थियो । लामोसमय खेलकुद परिषद्को अध्यक्ष र सदस्यसचिव दुई कित्तामा विभाजित ह“ुदा यसको असर खेलकुदमा नपरेको होइन । लगातार २ वर्ष खेलकुद परिषद्का अध्यक्ष र सदस्यसचिवबीचको तनावले खेलकुद अस्तव्यस्त भएको सबैमा विदित नै छ । तर, परिस्थिति फेरिएको छ । दुइ कित्ता छैन । कित्ता एउटै छ तर ध्यान कसैको छैन ।

समस्या थुप्रै देखिएको छ । सुरुको तालिकामा हक्कीको खेल समावेश नभए पनि छनोट भइसकेको छ । बन्द सत्रको टुगो छैन । यसअघि पनि यस्तो नभएको होइन । सातँ“ै बृहत् खेल महोत्सवको घोषणा भएपछि बजेट विनियोजन नभए पनि जिल्ला छनोट भएको थियो । यसले प्रस्ट पारेको छ कि खेलकुदको तल्लो निकाय आफ्नो काममा लिन छ । राज्यको नीति प्रष्ट छैन । यस अवस्थामा आसन्न साग खेलमा नतिजा कस्तो रहला धेरैले अनुमान गर्ने विषय भएको छ । कराते समावेश छैन । तेक्वान्दोको बन्द सत्रको समय टुंगो छैन । आवश्यक वैदेशिक प्रशिक्षण कहिले सुरु हुन्छ, थाहा छैन । यस अवस्थामा नेपालको साख कस्तो रहला धेरैको प्रतीक्षाको विषय रहेको छ । यी यावत प्रतिकूल समयमा अन्य देशको तयारीको समाचार बारम्बार बाहिर आउन थालेका छन् । विदेशमा माथिल्लो तहको प्रशिक्षणसहित प्रायः देशले सागमा सहभागिता जनाउनेछन् ।

सागको सुरुआतदेखि नेपालले ३ खेलमा प्रभाव जमायो । सुरुआती दिनमा बक्सिङ, फुटबल र एथलेटिक्सको म्याराथनमा बलियो प्रभाव जमायो । अहिले यी ३ खेलमा बक्सिङमा मात्र नेपाल आशावादी रहने अवस्था आएको छ । पछिल्लोसमय प्रभाव जमाएको कराते समावेश छैन । नेपालको महत्वपूर्ण आशाको केन्द्र तेक्वान्दो र उसु नै रहेका छन् । त्यसो त नेपालका लागि यो वर्ष त्यति सुखद रहेन । सबै क्षेत्रमा निराशा रह्यो । यो निराशाले खेलकुदमा पनि असर गर्नु स्वभाविक हो । यसकारण पछि हट्न मिल्ने बाटो पनि थियो । सांकेतिक उपस्थितिको बाटो पनि नभएको होइन । यी सबैलाई छाडेर पूर्ण सहभागिताको नीति नेपालले लिए पनि अवस्था भने सहज छैन । समय १ महिना बा“की छ । यसबीचमा ठूलो मनोबल, राम्रो प्रशिक्षण र केही खेलमा विशेष केन्द्रित योजनाले थोरै समयमा पनि केही हुन सक्ने सम्भावना छ । अन्यथा नेपालका लागि ठूलो चुनौति पनि बन्नेछ । साग खेलकुद ।

प्रतिक्रिया