प्रज्वलप्रतापको पहलमा मैत्रीपूर्ण फुटसल

sourya__football copyकाठमाडौं, १९ पुस । बालुवाटारमा रहेको जुनियर फुटबल एकेडमी(जेएफए)को आयोजनामा सौर्य दैनिक र एकेडमीबीचको मैत्रिपूर्ण फुटसल बराबरीमा सकिएको छ । बालुवाटारको एक्सल फुटसल मैदानमा भएको खेलमा जेएफए र सौर्य दैनिकले ११–११ गोलको बराबरीमा खेलेका थिए । निर्धारित एक घन्टाको समयमा दुवै टोलीले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए ।

एकेडमीले अधिकांश समयमा बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलमा एकेडमीले सुरुआतमा नै गोल गरेको थियो । पहिलो हाफको पाँच मिनेटमा नै २–० ले एकेडमीले अग्रता लिए पनि सौर्य दैनिकले रक्षात्मक रणनीति अपनाउँदै खेलमा पुनरागमन ग¥यो । पहिलो हाफमा एकेडमी ६–५ ले अगाडि रह्यो । निर्धारित समयमा खेल ११–११ गोलको बराबरीमा सकिएको थियो ।

सौर्य दैनिकको तर्पmबाट दिल तामाङले ह्याट्रिक गरे । त्यस्तै पंकज राई, भीम राई र अनिल मल्ल ठकुरीले २÷२ गोल गरे । एकेडमीको तर्फबाट रग्बीका राष्ट्रिय खेलाडीसमेत रहेका विराट ऐडीले ४ गोल गरे ।

एकेडमीका प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीले सञ्चारमाध्यम र फुटबल खेलाडीबीच थप सम्बन्ध सुधार गर्नका साथै फुटबल खेल विकासका लागि मैत्रिपूर्ण फुटबलको आयोजना गरिएको बताए । साथै उनले जुनियरस्तरका फुटबलरको खेलस्तरलाई अभिवृद्धि गर्न विभिन्न खेलको आवश्यक भएको भनाइ राखे ।

बालुवाटारमा रहेको जुनियर फुटबल एकेडमीमा करिब १ सय जना जुनियर लेभलका फुटबलरले प्रशिक्षण गर्छन् । साथै १५ दिने विन्टर फुटबल प्रशिक्षण क्याम्पको अवसर पारेर खेलको आयोजना गरिएको थियो । एकेडेमी अहिले नेपालकै उत्कृष्ट जुनियर फुटबलर प्रशिक्षण केन्द्रको रूपमा स्थापित भइसकेको छ ।

प्रतिक्रिया