एम्बुलेन्सका एम्बेसडर : रेवत र मेलिना

rewat melina copyकाठमाडौं, १७ पुस । खोटाङ सेवा समाज युकेले खोटाङ जिल्लाका लागि उपलब्ध गराउने तीनवटा एम्बुलेन्स खरिद गर्न तथा जिल्लाको स्वास्थ्य क्षेत्रमा योगदान दिने उदेश्यका साथ खोटांगे कलाकार रेवत राई र मेलिना राई ‘एम्बुलेन्स एम्बेसडर घोषणा’ गरेको छ । भर्खरै युके पुगेर ११ वटा सहरमा कार्यक्रम सकेर आएका रेवत र मेलिनाको जोडीलाई एम्बुलेन्स खरिद सहयोगार्थ कार्यक्रमहरूमा सहभागी गराउने गरी उनीहरूलाई एम्बेसडर बनाइएको खोटाङ सेवा समाज युकेले जनाएको छ ।

कलाकारद्वय रेवत र मेलिनाको प्रतिभाको पनि कदर हुने र आम खोटांगेको स्वास्थ्यसँग जोडिएको विषयमा योगदान पनि हुने भएकाले ऐम्बेसडर बनाइएको भन्दै कलाकार रेवत राईले आफ्नो मातृभूमिकाका लागि केही योगदान गर्न पाउँदा खुसी लागेको बताएका छन् । रेवत अहिले नेपाली संगीतमा चर्चित गायक तथा संगीतकार हुन् । उनले विभिन्न प्रकारका भाषिक तथा सांस्कृतिक गीतहरू गाएर अहिले चर्चाको शिखरमा रहेका छन् । त्यस्तै अहिले नेपाली संगीतमा चर्चाको शिखरमा पाइला राख्न सफल अर्का कलाकार मेलिना राईले एम्बुलेन्स खरिद गर्ने जस्तो कल्याणकारी कामका लागि खोटाङ सेवा समाज युकेले एम्बेसडर बनाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले आफूलाई यस्तो ऐतिहासिक र कल्याणकारी कामका लागि छनोट गरिएकोमा सो संस्थाप्रति आभारसमेत प्रकट गरेकी छन् । मेलिना नेपाली सुगम संगीतमा छाइरहेकी गायिका पनि हुन् । बाल्यकालबाट आफ्नो बुवा जसदीप राईको प्ररेणाबाट गायनमा लागेकी उनले धेरै नेपाली चलचित्रहरूमा समेत आफ्नो स्वर दिइसकेकी छन् ।

भर्खरै युकेको निकै लामो सांगीतक यात्रा सकेर फर्किएको रेवत–मेलिनको प्रतिभाको सम्मान गर्न युकेमा रहेका स्रष्टा सर्जकहरूले दुई जनाकै लागि डोयट स्वरमा ‘अलग उपहार’ नामको गीति एल्बम् समेत निकालिदिने भएका छन् । उनीहरूले ८ वटा गीत संग्रहित गरिएको डोयट एल्बम ‘अलग उपहार’ उनीहरूका लागि उपलब्ध गराउने जनाएका छन् । युकेमा रहेर साहित्य सिर्जनामा तल्लिन रहेका ईश्वर चाम्लिङ, जगत नवोदित, हेमकुमार राई, मुकेश राई, विश्वकाजी राई, डिल्लिराम राई, नवराज राई र सञ्जीव राईको शब्द रचना रहने उक्त एल्बमको तयारी पनि अगाडि बढिसकेको गायक रेवतले जानकारी दिएका छन् । उनले भने ‘हामीलाई उहाँहरूले माया पनि गर्नुभएको छ । सँगै जिम्मेवारी पनि दिनु भएकाले अब समाज सेवाको पाटोबाट यो काम गर्न आतुर छौँ ।’ जसरी पनि यो योजना आगामी वर्षभित्र सम्पन्न गरिसक्ने उनले बताएका छन् ।

खोटाङ सेवा समाज युकेले दिन लागेको एम्बुलेन्स खोटाङ जिल्लाको उत्तरी क्षेत्र जालपा, बाक्सिला, ऐँसेलुखर्क क्षेत्रमा चल्नेगरी एक, सदरमुकाम वरिपरि रहने गरी दोस्रो र चिसापानी सिम्पानी खोटाङ बजार क्षेत्रमा सञ्चालन गर्ने अर्को गरी जम्मा ३ वटा एम्बुलेन्स गर्ने योजनाका साथ खोटाङ सेवा समाज लागेको समाजका अध्यक्ष ईश्वर चाम्लिङले जानकारी दिएका छन् । उनले जिल्लामा रहेको सरकारी अस्पताल, सामुदायिक अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्रहरू रहेको भए पनि एउटा मात्र एम्बुलेन्स भएकाले असुविधा रहेको बताए । उनले प्रवासमा रहेर गाउँको सेवा सुविधाको बारेमा चिन्तित मनहरूको आर्थिक सहयोगबाट एम्बुलेन्स खरिद गर्न लागेको जनाएका छन् ।

rewat melina (1)खोटाङ सेवा समाज युकेले कर्मथलो जहाँ भए पनि आफ्नो मातृभूमि प्यारो भन्ने नारासहित ‘खोटाङ–युके एम्बुलेन्स’ नामको कार्यक्रम नै तय गरेर काम सुरु गरेको एम्बेसडर रेवत राईले जानकारी दिएका छन् । जिल्लामा विकटताका कारण समयमा स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउन नसकेका बेरामी जो भए पनि आफ्नो आफन्त नै हुन् त्यसैले जिल्लाका लागि यस्तो काम सुरु गरेको खोटाङ युके एम्बुलेन्स संयोजन समितिका महासचिव ईश्वर चाम्लिङले जानकारी दिएका छन् । उनले अवधारणका बारेमा जानकारी दिँदै भने, ‘मित्रता, संस्कृति र समाजविना मानिस जिउन सम्भव हँुदैन । मानव जातिको विकासका लागि विशेष गरी शिक्षा र स्वास्थ्यको अहं भूमिका रहेको हुन्छ ।’ उनले हामी आफू जन्मेको गाउँ–ठाउँ, जिल्ला र राष्ट्रलाई नै छाडेर विभिन्न देशमा विभिन्न कारणले गर्दा अस्थायी वा स्थायी रूपमा बसोबास गर्दै आइरहेको खोटांगेहरूको सहयोगले एम्बुलेन्स खरिद गर्न सकिने बताए ।

यसैगरी संयोजन समितिका अध्यक्ष अशोककुमार राईले खोटांगे दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्य क्षेत्रमा केही योगदान गरौँ भन्ने सोचले ३ वटा एम्बुलेन्स खरिद गरी जिल्लामा रहेको अस्पतालहरूलाई अनुदान गर्ने निर्णय गरेको जानकारी दिएका छन् । यससँगै समितिले सबै सहयोगी मनहरूलाई खुलेर आर्थिक सहयोगको आह्वान तथा अनुरोध समेत गरेको छ ।

यसका लागि बनेको सहयोग समितिले करिब ३० लाख रूपैयाँ रकम संकलन गरेर एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया