kasadoकाठमाडौं । अन्तर्राष्ट्रिय ट्रायथलन युनियन (आइटियू) तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) की कार्यसमितिकी सदस्य मारिसोल कासाडो बुधबार काठमाडौं आइन् । उनी दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन् ।

नेपालले छोटो समयमा नै ट्रायथलनको विकासमा उनको योगदान महत्वपूर्ण रहेको छ । यसकारण उनी नेपालमा यस खेलको विकासमा उत्साहित मानिन्छन् । नेपाल ट्रायथलन एसोसिएसन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले कासाडोको नेपालमा यो खेलको विकासमा महत्वपूर्ण योगदान रहेको बताउँछन् । २०१६ को सेप्टेम्बरमा स्पेनमा अन्तर्राष्ट्रिय ट्रायथलन युनियनको कंग्रेस हुँदै छ । ‘२०१६ म्याजिकल देशबाट सुरु गर्छु भन्दै नेपाल आउन कासाडो उत्साहित भएको महासचिव श्रेष्ठले बताए । ‘त्यसैगरी नेपालले दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा छिटो प्रगति गरेकामा पनि उनी हौसला प्रदान गर्न नेपाल आएकी हुन्,’ उनले भने । नेपाल छोटो समयमा नै इमर्जिङ देशबाट डेभलपिङ देशमा प्रवेश गरेकोले पनि आइटियूको यान केन्द्रित भएको छ । उनी आइटियूको अध्यक्षमा तेस्रोपटक निर्वाचित हुने अपेक्षाका साथ नेपाल आएकी हुन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ट्रायथलनका पदाधिकारी, खेलाडीले स्वागत गरेका थिए ।

ट्रायथलन पहिलो पटक साग खेलकुदमा समावेश गरिएको समयमा उनको नेपाल भ्रमणले थप ऊर्जा मिल्ने संघका महासचिव श्रेष्ठले बताए । नेपालमा रहँदा उनले नेपालका खेल पदाधिकारी तथा उच्च पदस्थ व्यक्तित्वसँग भेट्ने कार्यक्रम रहेको छ । उनले नेपालमा ट्रायथलन विकासका लागि आफूले सहयोग गर्न चाहेको बताइएको छ । २०१६ मा हुने कंग्रेसमा नेपालको मत प्राप्त गर्नु पनि उनको अर्काे उद्देश्य रहेको हुनुपर्छ । (सौस)

प्रतिक्रिया