‘सीमांकनलाई थाती राखौ’

काठमाडौं, १६ पुस । एमालेका नेता वर्तमान समस्या समाधान गर्न सीमांकनको विषयलाई थाती राखेर अघि बढनुपर्ने बताएका छन् । उनले सीमांकनका विषयमा आएका अलग÷अलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने जनाए ।

पत्रकारसँगको एक साक्षात्कारमा नेता नेपालले सीमांकनको विषय ३ महिनाका लागि थाती राखेर अगाडि बढ्नुपर्ने बताएका हुन । उनले भने, ‘जनताको भावना र धारणा बुझेर सीमांकनको मुद्दा टुंगो लगाउनुपर्छ, त्यसका लागि समय लाग्छ, उच्चस्तरीय समिति बनाएर टुंग्याउने सिलसिलामा जानुपर्छ, तर सहमति गर्न ढिला गर्नुभएन ।’

मधेसी मोर्चाले सीमांकनका विषयमा लचिलो भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले मोर्चाले मेरो गोरुको बाह्रै टक्का भनेर हठ गर्न नहुने बताए । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा एमाले विपक्षमा नरहेको स्पष्ट पार्दै यस विषयमा ठीक सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

भारतीय नाकाबन्दीले मुलुक आर्थिकरूपमा ठूलो समस्यामा परेको बताउँदै उनले विद्यमान समस्या छिटो टुंग्याउनु सबैको हितमा हुने उल्लेख गरे । नाकाबन्दीका कारण मुलुकमा भारत विरोधी भावना बढ्नु दुवै देशको हितमा नभएको उल्लेख गर्दै नेता नेपालले भने, ‘भारतले पनि नेपाललाई खण्ड÷खण्डमा बुझ्नु भएन, परम्परागत सम्बन्धलाई समधुर बनाउनुपर्छ ।’

सरकारको काम कारबाही प्रभावकारी नभएको भन्ने जनगुनासो आएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । नेता नेपालले सबै पक्षका गुनासा सुनेर प्रधानमन्त्रीले समस्याको समाधान गर्नुपर्ने बताए । उनले भने, ‘जनतालाई आश्वासनभन्दा पनि ठोस नतिजा दिनुपर्छ, अहिले त्यो पुगेन ।’

सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै नेता नेपालले मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनले सिंगो मुलुकलाई प्रतिकूल असर पारेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताए । उनले संविधान आफँैमा समावेशी भए पनि केही मनोवैज्ञानिक दुरीलाई सम्बोधन गर्नका लागि लचिलो भएर अगाडि बढ्न सकिने बताए ।

नेता नेपालले भने, ‘मधेसी जनताको भावनाको कदर गर्ने, मधेसी जनताको पक्षमा दृढताका साथ उभिने मान्यता लिएर अगाडि बढेको एमाले सधैँभरि जनताको पक्षमा छ भन्ने यहाँ जोडदाररूपमा दोहो¥याउन चाहन्छु । मधेसविरोधी भनेर एमालेलाई कसैले भन्छ भने त्यसमा कुनै तुक छैन ।’

उनले कांग्रेस, एमाले र एमाओवादीले मधेसमा सबैभन्दा जनताको विश्वास जितेकाले यस अर्थमा यी मुख्य पार्टीले मधेसको हितमा कुठाराघात नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया