श्रीको जन्म उनकै पारामा

shewta-khadka (1)काठमाडौं । पुस १४ अर्थात स्वर्गीय नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको जन्मदिन । आफ्नो हरेक जन्मदिनमा उनी प्रायजसो अनाथ बालबालिकासँग बसेर रमाइलो गरेर मनाउने गर्थे । श्रीको यस्तो बानीले नायिका श्वेता खड्कालाई पनि प्रभावित पा¥यो ।

उनै स्वर्गीय श्रीको प्रभावको सिको गर्दै नायिका श्वेता खड्काले अनाथ बालबालिकालाई जाडोमा लगाउने कपडा अत्यावश्यक सामग्री दिएर श्रीको जन्मदिन मनाएकी छन् । श्वेताले सामाजिक सञ्जाल फेसबुकमा ‘जीवनले कुन मोडमा ल्याएर छोडिदियो । सधैं प्रश्न गर्न चाहन्छु, भगवनासँग । के गल्ती थियो र मेरो । जिँउँदै मरेर बाँच्नुपर्ने ।

कहिलेकाँही सँधै ठिक भए जस्तो लाग्छ, फेरि घाऊ जस्ताको त्यस्तै अनेक कोशिस गर्छु विगतलाई भुल्न तर सँधै ताजा हुन्छ झनझन हरेक महत्वपूर्ण क्षणले यादहरूलाई ताजा गराउँछ । विर्सन त कहाँ सक्छु र ? जुन दिन मलाई मेरै छायाँले छोड्छ, त्यो दिन पनि विर्सन सक्दिनँ । हजुरलाई सँधै खुसी भएको हेर्न चाहन्छु तर महशुस मात्र गर्न सक्छु । केहिल्यै देख्न सक्दिनँ ।

मैले मेरो जिन्दगीमा सबैभन्दा नजिकको साथी सम्झेर हजुरको हरेक जन्मदिनमा पहिलोपटक शुभकामना दिन आतुर हुन्थेँ । आज पनि हजुरको जन्मदिनमा हजुरलाई शुभकामना दिन मन छ, तर हजुरलाई भौतिक रूपमा पाउनै सक्दिनँ । भन्दै आफ्नो गुनासो फेकबुकमा लेखेकी छन् ।

श्रीले आफ्नो जन्मदिनमा जहिले पनि अनाथ बालबालिकाहरूलाई गएर भेट्ने र उनीहरूलाई आवश्यक सामग्रीहरू दिने गर्दथे । श्वेताले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, कहिले वृद्धाआश्रम कहिले अनाथालय त कहिले मन्दिरमा गएर ती बेसाहारालाई सहयोग गर्नुहुन्थो । हजुरको यहि महान कार्यले म हजुुर प्रति दिन प्रतिदिन प्रभावित भए ।

तपाईले जस्तै सानो प्रयास गरेकी छु । आज हजुरसँग जन्मदिन मनाउन नपाए पनि सँधै हजुरको खुसीको लागि भगवानसँग प्रार्थना गरिरहेकी छु । हजुर, जहाँ हुनुहुन्छ सँधै हजुरको साथमा रहिरहने छु । र जीवनभर हजुरको यादमा बाँचिरहने छु । यहि वचन छ, हजुरलाई मेरो तर्फबाट । फेरि पनि हजुरलाई यो जन्मदिनको शुभकामना ।

श्रीको निधनपछि श्वेता उनको वार्षिकीसम्म लगभग गुमराहा मै रहिन । उनी कतै बाहिर निस्कन सकिनन् । श्रीको वार्षिकीपछि भने उनी बिस्तारै खुल्न थालेकी छन् । श्रीले आफ्नो जन्मदिनमा बढी तडकभडक गर्नुभन्दा समाज सेवामा नै अग्रसर हुन्थे त्यसैले । जाडोमा केटाकेटीलाई सहयोग गर्ने बाहेक अन्य केही योजना नबनाएको भन्दै फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया