‘तस्करीमा’ बिनिता बराल !

binita-baral copyकाठमाडौं । चलचित्र ‘सुपरहिट’मा समावेश गरिएको ‘तस्करीमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरूको फिचरिङ छ ।

सार्वजनिक गीतमा सुरेश राई र निरञ्जन पाण्डेको स्वर रहेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । अध्ययनको लागि अमेरिका पुगेकी नायिका बिनिता बराल पनि फिल्मको प्रचारको लागि नयाँ बर्ष २०१६ को छेकोमा नेपाल आउन लागेको निर्माता सौरभ ढकालले बताए । सुपरहिट निर्देशनमा सौरभसँग निरञ्जन पाण्डेले सहकार्य गरेका छन् । चलचित्रमा विनितासँगै दिव्यदेव, शिशिर राणा, मञ्जु श्रेष्ठलगायतका कलाकारको मूख्य भूमिका छ ।

चलचित्र फागुन १५ मा रिलिज गर्ने तयारी भईरहेको निर्माण पक्षले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया