तामाङ साहित्य यात्रा सम्पन्न

tamangललितपुर । तामाङ डाजाङले ललितपुरको दक्षिण भेगका गाविस तथा सिमा जोडिएका मकवानपुरका गाविसहरूमा साहित्यिक यात्रा सम्पन्न गरेको छ । ३ र ४ पुसमा सम्पन्न दुइदिने साहित्य यात्रा ललितपुरको प्युटार, माल्टा, आस्राङ र मकवानपुरका इपा पञ्चकन्य र मन्थलीसम्म पुगेको थियो । यात्रामा तामाङ भाषा तथा साहित्य लेखन लागिपरेका कवि तथा भाषिक आन्दोलनका अगुवाहरू सहभागी थिए । लगनखेलबाट आरम्भ भएको साहित्यिक यात्रा चापागाउँ, लेलेको लप्सेडाँडा, तिनपाने भन्ज्याङ, बोम्बोगाङ, छपेली हुँदै अप्ठेरो धुले कच्चिसडक छिचोल्दै २६ जना श्रष्टाहरू दक्षिणी ललितपुर प्युटार पुगेका हुन् ।

स्थानीय लामा, ताम्बा, गान्बा, लाप्ताबाहरूसँगको साक्षत्कार, तामाङ संस्कार संस्कृति, थरहरूको बारेमा जानकारी, स्थानिय ज्योहोज्योमो (देवीदेवता)हरू, आर्थिक, सामाजिक, शैक्षिक अवस्था, र वर्तमान जनजीवन बारे अवलोकन, अध्ययन पछि स्रस्टाहरूले साहित्य सिर्जना गरेर वाचन गरे । प्युटार गाविसको सहयोगमा सम्पन्न यात्राको औपचारिक रचना वाचन कार्यक्रम डाजाङका सदस्य प्रकाश थिङको अध्यक्षतामा कालीदेवी उच्च माविको प्रांगानमा सम्पन्न भयो । समाजसेवी तथा जापनका लागि पुर्वराजदुत डा.गणेश योन्जनको प्रमुख आतिथ्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य कबेलबहादुर लामाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भाषाविद् अमृत योन्जन सहित तामाङ घेदुङका प्रतीनिधी र राजनैतिक दलका स्थानिय नेताहरूले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा यकिना अगाध, मुक्तान थेबा, राजु स्याङतान, बिना थिङ, लक्ष्मी रुम्बा, फूलकुमार बम्जन, हिरामाया घिसिङ, राम गोम्जा, अटुट दोङ, रन्जना मोक्तान, अमिर योन्जन, अर्जुन ग्लान, बुद्धराम थिङलगायत स्रस्टाहरू सहभागी थिए । पत्रकार शान्ति तामाङ, अर्जुन पाख्रिन, इन्द्र तामाङ, सन्चु ब्लोन, रमेश तामाङलगायत पुगेका थिए । यात्रामा सहभागी सूर्यमान ग्लानले भने चित्रमार्फत गाउँको तस्बीर उतारेको थियो ।

कार्यक्रम सफल पार्न समुन्द्रमान घिसिङ, राम लामा, मानबहादुर योन्जन, श्याम तामाङ, छोर्गे युवा क्लब र आश्राङ सशक्तीकरण युवा क्लवले महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रतिक्रिया