राहादानी बनाउने सेवाग्राहीलाई कर्मचारीले ठगे

jilla prsa san panchthr

पाँचथर, ११ पुस । जिल्ला प्रशासन कार्यालय पाँचथरले राहादानी बनाउन आएको सेवाग्राहीबाट बढी पैसा लिने गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालयको राहादानी फाँटबाट सामान्य किसिमबाट एमआरपी बनाउँदा पाँचहजार रुपियाँ लिनुपर्नेमा दशहजार लिएको खुलेको हो ।

स्थानीय रानीटार–१ का अन्जित दर्जीबाट दशहजार रुपैयाँ लिइएको देखिएको छ । जिल्ला प्रशासन कार्यालयले दर्जीलाई दिएको रसिदमा दशहजार उल्लेख गरिएको छ भने जिल्ला प्रशासनमा रहेको रसिदको प्रतिलिपीमा भने पाँचहजार मात्र उल्लेख छ । उनले पहिलो चरणमा राहदानी बनाउन लाग्ने खर्चबारे प्रशासनका कर्मचारीलाई साधेको बताएका छन् । कर्मचारीले उनलाई १० हजार लाग्ने बताएपछि आफन्तसँग सापटी लिएर दर्जीले राहादानीका लागि पुस ७ गते १० हजार रुपियाँ नगद फारम भरेर बुझाएका थिए । उनले फारम बुझाएर लिएको नगदी रसिदमा १० हजार नै उल्लेख छ ।

नेपाल सरकार जिल्ला प्रसासन कार्यालय पाँचथर, फिदिम लेखिएको २५५१ नम्बरको रसिदमा दर्जीले १० हजार तिरेका छन् । तर सोही नम्बरको रसिदमा जिल्ला प्रसासन कार्यालयमा ५ हजार मात्रै जम्मा भएको उल्लेख छ । आफूले तिरेको पूरै पैसा कार्यालयमा दाखिला नभएको शंका लागेर उनले कार्यालयमा कति रकम राखियो भन्दै प्रश्न गरेका थिए । उनले त्यस्तो प्रश्न गर्दा कर्मचारीले जवाफ दिन अस्वीकार गरेपछि दर्जीले सञ्चारकर्मी र स्थानीयलाई राहदानी निकाल्दा आफू पाँच हजार ठगिएको भन्दै गुनासो गरेका थिए । यस विषयमा बिहीबर जिल्ला प्रसासन कार्यालयमा पुगेका सञ्चारकर्मीसहितको टोलीले प्रशासनले लिएको रकमको रसिद हेर्न सूचनाको हक प्रयोग गरेर निबेदन दिएका थिए ।

DSC08937 - Copyयसरी प्राप्त रसिदमा उल्लेखित नम्बर भएको बिलबाट जिल्ला प्रसासन कार्यालयलाई प्राप्त रकम ५ हजार नै भएको पुष्टि सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजालले गरेका छन् । रकम ठगिएको विषयमा पीडितले जानकारी गराउँदा सहायक प्रजिअ रिजालले राहदानी फाँटमा कार्यरत कर्मचारी जिल्ला बाहिर रहेकाले उनी आएपछि मात्रै सबै कुरा प्रष्ट हुने बताए । ५ हजारले हुने काममा १० हजार लिइएको बिषयमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले आफू सदरमुकाम बाहिर रहेको भन्दै पैसा दाखीला नभइसकेको र त्यसो नभएको बताए । उनले कार्यालय पूगेर गल्ती भए गल्ती गर्नेलाइ छानबीन गरी कार्वाही हूने बताएका छन् ।

aaaसरोकारवालाले भने जिल्ला प्रसासन कार्यालयमा राहदानी फाँटका कार्मचारीले यसअघि पनि सेवाग्राहीबाट रकम लिएको हुन सक्ने आशंका गरेका छन् । हाल जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा खरिदार सुरेन्द्र दाहालबाट काम भइरहेको छ ।


प्रतिक्रिया