रौतहटमा फेरी झडप

रौतहट, ५ पुस । रौतहटको बीपीचोकमा प्रदर्शनकारी र प्रहरीबीच आज पनि दोहोरो झडप भएको छ । आन्दोलनकारीलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही राउन्ड हवाइ फायर गरेको छ ।

शनिबार आन्दोलनकारीले राजमार्ग अवरोध बाहेको आन्दोलनको कार्यक्रम घोषणा गरेको भएपनि मोर्चाका कार्यकर्ताले राज मार्ग अवरोध तथा प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच दोहोरो झडप भएको थियो । सो क्रममा प्रहरीले ज्यादती गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले आइतबार पुःन प्रदर्शनमा उत्रिएपछि झडप भएको हो । झडकका क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यासका सेल प्रहार गरेको छ ।

शनिबार बीपी चोकमा दुई पक्षबीच भएको झडपमा प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै पाँच राउण्ड हवाइ फायर गरेको थियो । मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।

प्रतिक्रिया